१९ वर्षीय रोशन कार्की पक्राउ, सीसीटीभी र शंकास्पद वस्तुका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरी
सोलुखुम्बु — ज्यान सम्बन्धी कसुर मुद्दामा संलग्न रहेको अभियोगमा सोलुखुम्बु प्रहरीले १९ वर्षीय एक युवकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ राम्पा बस्ने तिलकबहादुर कार्कीका छोरा १९ वर्षीय छोरा ’रोशन’ भनिने भुवनसिंह कार्की रहेका छन्। प्रहरी टोलीले उनलाई आज बिहान करिब ४ः०० बजेको समयमा नियन्त्रणमा लिएको हो।
घटनाको प्रारम्भिक विवरण अनुसार, प्रहरीले मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाएको थियो। अनुसन्धानका क्रममा घरमा जडान गरिएको सीसीटीभी फुटेजको अध्ययन तथा शंकास्पद व्यक्तिहरूसँगको सोधपुछबाट घटनाको सुराक मिलेको हो। प्रहरी निरीक्षक थापाले दिएको जानकारी अनुसार, प्रतिवादी रोशनको घरबाट रगतजस्तो रातो पदार्थको दाग लागेको लुगाहरूसमेत बरामद गरिएको छ। सोधपुछका क्रममा आरोपी स्वयंले मृतकको फोन घरभन्दा करिब ७०० देखि ८०० मिटर टाढा गाडेको स्थान देखाएका थिए।
अनुसन्धानका क्रममा एउटा रोचक पक्ष पनि बाहिर आएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का उठाउने र अनुसन्धान गर्ने क्रममा प्रतिवादी आरोपी स्वयं पनि त्यहीँ वरिपरि घुमिरहेको अवस्थामा भेटिएका थिए। हाल मृतकको शव पोस्टमार्टम पश्चात सद्गतका लागि आफन्तले बुझिसकेका छन्। आरोपीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै
- ब्रोड पिक हिमपहिरो परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
- सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ
- सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण
- खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो
2026-08-12-10-52-46.jpeg)
2026-08-11-05-01-17.jpeg)


2026-08-08-08-16-35.jpeg)

