सोलुखुम्बुमा एकै हप्तामा ३२ सवारी साधन कारबाहीमा, ३५ हजार राजस्व संकलन
सोलुखुम्बु — जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले एक हप्ताको अवधिमा ३२ वटा सवारी साधनलाई कारबाही गरेको छ ट्राफिक नियमविपरित सञ्चालन भएका २ वटा अटो, १६ वटा जिप तथा कार, १ वटा टिपर, ३ वटा ट्याक्टर र ८ वटा मोटरसाइकललाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उक्त कारबाहीबाट कुल ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
विशेष गरी मोटरसाइकल चालकहरूले हेल्मेट नगाई सवारी चलाउने, दुई जनाभन्दा बढी सवार गरेर जोखिमपूर्ण यात्रा गराउने तथा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने गरेको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीको भनाइ छ। यस्तै, अग्रिम (अघिल्लो) सिटमा चालकबाहेक दुई जनाभन्दा बढी मानिस राखेर हुइँक्याइने जिपहरू समेत ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
यसका साथै आवश्यक सवारी कागजात साथमा नराखी सवारी चलाउने, क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ट्याक्टर तथा ट्रक र तोकिएको पार्किङ स्थलभन्दा बाहिर जथाभावी स्थानमा सवारी साधन पार्क गर्ने चालकहरूलाई समेत नियन्त्रणमा लिई कारबाही गरिएको छ। आगामी दिनहरूमा पनि सवारी दुर्घटना न्यूनीकरण र चुस्त ट्राफिक व्यवस्थापनका लागि अनुगमन र कारबाही प्रक्रियालाई अझ सशक्त बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै
- ब्रोड पिक हिमपहिरो परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
- सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ
- सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण
- खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो

2026-08-13-12-14-04.jpeg)




