खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो
सोलुखुम्बु — खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ ले एक वर्षको अवधिमा २४ लाख ५ हजार २१ रूपैयाँ ३४ पैसा राजस्व सङ्कलन गरेको छ। वडा कार्यालयले विभिन्न १४ वटा राजस्व शीर्षकअन्तर्गत उक्त रकम संकलन गरेको हो।
सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी बहाल करको रहेको छ, जसबाट १० लाख ३८ हजार ६६२ रूपैयाँ ४२ पैसा राज्वश सङ्कलन भएको छ। यसैगरी व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट ५ लाख ७१ हजार ६९० रूपैयाँ, पर्यटन शुल्कबाट ३ लाख १६ हजार रूपैयाँ तथा व्यवसाय करबाट १ लाख २५ हजार ९०० रूपैयाँ राजस्व उठेको छ।
वडा कार्यालयका अनुसार सम्पत्ति करबाट ८८ हजार ८७४ रूपैयाँ ६० पैसा, भूमिकर तथा मालपोतबाट ५८ हजार ४९४ रूपैयाँ ३२ पैसा, सिफारिश दस्तुरबाट ८४ हजार ९५० रूपैयाँ र नाता प्रमाणित दस्तुरबाट ३७ हजार ९०० रूपैयाँ सङ्कलन भएको छ।
यसका साथै व्यवसायले भुक्तानी गर्ने करबाट ५७ हजार ४०० रूपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ११ हजार ५०० रूपैयाँ, अन्य सेवा शुल्क तथा बिक्रीबाट ९ हजार ३०० रूपैयाँ, अन्य दस्तुरबाट ४ हजार रूपैयाँ, परीक्षा शुल्कबाट १ हजार रूपैयाँ र कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने करबाट ७५० रूपैयाँ राजस्व सङ्कलन भएको छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै
- ब्रोड पिक हिमपहिरो परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
- सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ
- सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण
- खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो
2026-08-10-10-39-03.jpeg)
2026-08-08-08-04-27.jpeg)
2026-08-06-09-06-37.jpeg)

2026-08-08-08-16-35.jpeg)


