बिहीबार, २८ श्रावण, २०८३ (1786385700)
मंगलबार श्रावण २६, २०८३

सोलुखुम्बुमा ५६० थान एलपी ग्यास सिलिन्डर भित्रियो

   सोलुखुम्बुः सोलुखुम्बुमा केही समयदेखि चुलिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सम्बोधन गर्दै उदयपुरको कटारीबाट ५६० थान भरी ग्यास सिलिन्डर भित्र्याइएको छ । बजारमा ग्यास नहुँदा उपभोक्ताहरूले सास्ती भोगिरहेको समयमा जिल्लाका विभिन्न २९ वटा पसल, स्टोर्स तथा सप्लायर्सहरूका लागि ठूलो परिमाणमा ग्यास भित्र्याइएको हो। यससँगै बजारमा देखिएको ग्यास सङ्कट साम्य हुने र सर्वसाधारण उपभोक्ताले ठूलो राहत पाउने विश्वास लिइएको छ।
   प्राप्त विवरण अनुसार भित्र्याइएको ग्यासमध्ये सबैभन्दा बढी  पवन स्टोर्सले ७० थान ग्यास सिलिन्डर प्राप्त गरेको छ । त्यसैगरी  निरौला स्टोर्स र सौरभ स्टोर्स एण्ड सप्लायर्सले ६०÷६० थान ग्यास सिलिन्डर प्राप्त गरेका छन्। त्यसैगरी अमर गुड्स इन्टरप्राइजेज र जम्बला अर्डर एण्ड सप्लायर्सले २५÷२५ थान ग्यास सिलिन्डर पाएका छन् ।
   यसैबिच, रोजिना अर्डर एण्ड सप्लायर्स, रचना स्टोर्स, दिपेश स्टेशनरी, गेल्मु किराना पसल, प्रमोद किराना पसल, पदम स्टोर एण्ड अर्डर सप्लायर्स, लक्ष्मी स्टोर्स एण्ड सप्लायर्स, शिफान स्टोर एण्ड अर्डर सप्लायर्स, चागेस्थान इन्टरप्राइजेज र शेर्पा स्टोर एण्ड सप्लायर्स गरी १० वटा व्यावसायिक फर्महरूले २०÷२० थानका दरले ग्यास सिलिन्डर प्राप्त गरेका छन्।
    त्यस्तै अमर स्टोर एण्ड सप्लायर्स, शिखर इन्टरप्राइजेज, मनिष स्टोर्स, विशाल एण्ड विहान स्टोर, सागर स्टोर एण्ड सप्लायर्स, अशोक स्टोर्स एण्ड सप्लायर्स, सुजाता खुद्रा किराना पसल, निश्चल स्टोर्स एण्ड सप्लायर्स, जनक स्टोर्स एण्ड सप्लायर्स र निमा स्टोर्स एण्ड सप्लायर्स गरी १० वटा पसललाई १०÷१० थानका दरले ग्यास वितरण गरिएको छ। बाँकी रहेको परिमाणबाट सुमित एण्ड थसाङ स्टोर्स, सुर्य किराना पसल, मोहन स्टोर्स एण्ड सप्लायर्स र ईशा मोटर ग्यारेजले ५÷५ थान ग्यास सिलिन्डर प्राप्त गरेका छन्। विभिन्न पसल तथा सप्लायर्सहरूमार्फत ग्यासको सहज उपलब्धता भएसँगै उपभोक्ताको समस्या समाधान हुने अपेक्षा गरिएको छ।