सोलुखुम्बुमा तोईबहादुर कटुवाल ह,त्या प्रकरणः अनुसन्धानका क्रममा थप दुई जना नियन्त्रणमा
सोलुखुम्बुः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको ४६ वर्षीय तोईबहादुर कटुवालको बीभत्स हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ। सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी टोलीले साउन २५ गते एक १७ वर्षीय बालक र सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला निवासी २१ वर्षीय बिनोद खड्कालाई शङ्कास्पद व्यक्तिको रूपमा पक्राउ गरेको हो।
यसअघि प्रहरीले हत्या आरोपमा सोही स्थानका १९ वर्षीय रोशन भन्ने भुवनसिंह कार्कीलाई पक्राउ गरिसकेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनपछि उत्पन्न विवाद र रिसको आवेगमा कार्कीले चक्कु प्रहार गरी कटुवालको हत्या गरेको स्वीकार गरिसकेका छन्। गत साउन २३ गते बिहान अन्दाजी ७ः३० बजे कटुवालमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन र हत्याको थप मुख्य कारण के हो भन्ने विषयमा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर विस्तृत सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै
- ब्रोड पिक हिमपहिरो परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
- सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ
- सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण
- खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो

2026-08-13-12-14-04.jpeg)


2026-08-08-08-16-35.jpeg)

