भारी बोक्ने क्रममा बिरामी परेका मङ्गलबहादुर तामाङको नि,धन, लुक्लामै दाहसंस्कार गरिने
सोलुखुम्बु — उच्च हिमाली क्षेत्रमा भारी बोक्ने क्रममा गम्भीर बिरामी परेका थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का मङ्गलबहादुर तामाङको उपचारका क्रममा निधन भएको छ। व्यापारी टङ्क कालिकोटेको भारी बोकेर थामेतर्फ जाने क्रममा बाटोमै बिरामी परेका तामाङलाई उद्धार गरी सुरुमा नाम्चे ल्याइएको थियो। नाम्चेमा उपचार सम्भव नभएपछि नेपाल प्रहरी, नेपाली सेना र नगर प्रहरीको संयुक्त टोलीले बोकेर उहाँलाई लुक्लास्थित पासाङ ल्हामु निकोल अस्पताल पु¥याएको थियो।
अस्पतालमा परीक्षणका क्रममा आन्द्रा फुटेको आशंका गरिएपछि चिकित्सकहरूले थप उपचारका लागि काठमाडौँ लैजान सिफारिस गरेका थिए। काठमाडौँ पठाउनका लागि हेलिकप्टरको टिकटसमेत काटिसकिएको भए तापनि काठमाडौँ रिफर गरी लैजान नपाउँदै उपचारकै क्रममा २४ गते लुक्ला अस्पतालमै उहाँको निधन भएको लुक्लाका वडा सदस्य टङ्क बहादुर राईले जानकारी दिनुभयो।
वडा सदस्य राइका अनुसार मृतक तामाङका दुई श्रीमती रहेका थिए। जेठी श्रीमतीतर्फ कुनै सन्तान नभएको र कान्छी श्रीमतीतर्फ एक बच्चा भए तापनि कान्छी श्रीमती भने पहिले नै अर्कैसँग गइसकेकी थिइन्। उहाँको निधनपछि दाजुभाइ तथा आफन्तहरू लुक्ला पुगिसकेका छन्। तामाङको दाहसंस्कार लुक्लामै गर्ने तयारी गरिएको छ भने त्यसका लागि कान्छी श्रीमतीपट्टिका माइती पक्षलाई पनि लुक्लामै बोलाइएको छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै
- ब्रोड पिक हिमपहिरो परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
- सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ
- सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण
- खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो

2026-08-13-12-14-04.jpeg)


2026-08-08-08-16-35.jpeg)

