हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
सोलुखुम्बुः श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ तथा युवा नेतृत्वमाथि जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दुव्र्यवहार भएको घटनाप्रति पार्टीको जिल्ला समिति सोलुखुम्बुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मधेश प्रदेशका विभिन्न स्थानमा आयोजना गरिएका राजनीतिक तथा सांगठनिक कार्यक्रमहरूमा सहभागी हुने सिलसिलामा मन्दिर दर्शन गर्न पुगेका शीर्ष नेताहरूमाथि असोभनीय व्यवहार भएपछि सोलुखुम्बु समितिले कडा आपत्ति प्रकट गर्दै विज्ञप्ति जारी गरेको हो।
जिल्ला अध्यक्ष वियस राईद्वारा प्रकाशित उक्त वक्तव्यमा दर्शनका लागि पुगेका पार्टी प्रमुख साम्पाङसहित श्रम संस्कृति युवाका केन्द्रीय अध्यक्ष दिवस राई तथा उपाध्यक्ष सञ्जीव राईलगायतको टोलीमाथि योजनाबद्ध ढंगले परिचालित व्यक्तिहरूबाट अभद्र व्यवहार गरिएको जनाइएको छ । पवित्र धार्मिक स्थलमा घटेको यस्तो अप्रिय घटनाले मन्दिरको मर्यादा, गरिमा एवं समाजमा कायम रहेको सद्भाव र सहिष्णुतामा नकारात्मक असर पु¥याउने भन्दै सोलुखुम्बु नेतृत्वले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। पार्टीले धार्मिक स्थलहरूमा सुरक्षा र मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको स्मरण गराउँदै घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-23-11-54-04.jpeg)





