कोशी प्रदेशबाट सोलुखुम्बु निर्वाचन (ख) का लागि करोडौ बजेट विनियोजन
सोलुखुम्बु : कोशी प्रदेश सरकारबाट सोलुखुम्बुको निर्वाचन क्षेत्र (ख) का लागि आर्थिक वर्ष २०८३÷०८४ मा विनियोजित बजेट तथा विकासे योजनाहरू सार्वजनिक गरिएको छ । स्थानीय तहहरूमा भौतिक पूर्वाधार, खानेपानी, सिँचाइ, पर्यटन, शिक्षा तथा सामाजिक क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रदेशका विभिन्न मन्त्रालयहरूबाट समपूरक, सशर्त तथा विशेष अनुदान अन्तर्गतका योजनाहरू स्वीकृत गराइएको हो। यस बजेटले सोलु दुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका र लिखुपिके गाउँपालिकामा सञ्चालित अधुरा तथा नयाँ विकास योजनाहरूलाई समेटेको छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजनाहरूका लागि ठूलो रकम विनियोजन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मा खानेपानी आयोजनाका लागि १० लाख रुपैयाँ र वडा नम्बर २ जुनबेशी खानेपानी आयोजनाका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को लुकुखोला काकु खानेपानी योजनाका लागि १० लाख रुपैयाँ छुट्ट्याइएको छ । सोलुदुधकुण्ड नगरपालिकाकै वडा नम्बर १० खानेपानी योजनाका लागि ५ लाख रुपैयाँ, वडा नम्बर ११ तल्लो गैरीगाउँ खानेपानीका लागि १५ लाख रुपैयाँ तथा अर्को सोलुदुधकुण्ड वडा नम्बर १० कै खानेपानी आयोजनाका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ।
लिखुपिके गाउँपालिका वडा नम्बर २ मैली खानेपानी आयोजनाका लागि १२ लाख रुपैयाँ तोकिएको छ भने हेवा खोला खानेपानी आयोजना सोलुदुधकुण्ड वडा नम्बर १ का लागि १० लाख रुपैयाँ र गोराखानी खानेपानी आयोजना सोलुदुधकुण्ड वडा नम्बर ९ का लागि १० लाख रुपैयाँ कायम गरिएको छ। माप्य दुधकोशी वडा नम्बर ७ को खानेपानी निर्माणका लागि १० लाख रुपैयाँ, वडा नम्बर १ को श्यामऊ खानेपानी निर्माणका लागि ५ लाख रुपैयाँ र वडा नम्बर ६ को दिमारा वोत्तु खानेपानी आयोजनाका लागि ११ लाख रुपैयाँ व्यवस्था गरिएको छ। सोलुदुधकुण्डकै केरुङ वडा नम्बर ८ स्थित च्याङ्गे स्थान डाँडा मन्दिरमा खानेपानी ट्याङ्की निर्माणका लागि १० लाख रुपैयाँ तथा सोताङको लेउ पानी खानेपानी योजना र पैवा लिफ्टिङ खानेपानी योजना प्रत्येकका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यसै मन्त्रालय अन्तर्गत खानेपानी सुधार विस्तार तथा साना योजनाहरू पनि समेटिएका छन्। सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ११ को बिस्टिङ खानेपानी योजनाका लागि ८ लाख रुपैयाँ, वडा नम्बर १ को गोराखानी खानेपानीका लागि ५ लाख रुपैयाँ, वडा नम्बर १० को राखोप खोला मुहान चेलुङ्ग खानेपानीका लागि १० लाख रुपैयाँ, र वडा नम्बर ६ को नयाँ बस्ती दोरीप हुल्यामु खानेपानीका लागि ५ लाख रुपैयाँ छुट्ट्याइएको छ।
माप्य दुधकोशी गाउँपालिकातर्फ वडा नम्बर २ को दिलुङ खानेपानीका लागि ५ लाख रुपैयाँ, काकु खानेपानीका लागि ५ लाख रुपैयाँ, राप्छा पुरानो खानेपानीका लागि १० लाख रुपैयाँ, र वडा नम्बर ६ को चोक्टेदुमुक र ठाडेखोला मुहान खानेपानीका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
लिखुपिके गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ को खानेपानी योजनाका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ र ११ को संयुक्त खानेपानीका लागि ८ लाख रुपैयाँ, वडा नम्बर ६ को खानेपानी सुधार बिस्तार योजनाका लागि ५ लाख रुपैयाँ, र माप्य दुधकोशीको थानेखोला वाकु खानेपानी योजनाका लागि १० लाख रुपैयाँ कायम गरिएको छ ।
जलश्रोत तथा सिँचाइ विकास सब डिभिजन सोलुखुम्बु मार्फत दोर्पु नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाका लागि २० लाख रुपैयाँ, छि ग्याँउ फुलेली ओलाम यापेल तथा पुर्दु सिँचाइ आयोजना सोलुदुधकुण्ड वडा नम्बर १ का लागि १० लाख रुपैयाँ, त्रिवेणी सुन्तला तथा फलफूल समूहको सिँचाइ कार्य माप्य दुधकोशी वडा नम्बर ४ छास्कुरका लागि ७ लाख रुपैयाँ, उजेली खोला मुहान तारीखेत सिँचाइ निर्माण नेवासल्यान वडा नम्बर ३ का लागि १० लाख रुपैयाँ, मुद्दे खोला घट्टे खोला सिँचाइ उप–आयोजना सोलुदुधकुण्ड वडा नम्बर ११ का लागि ४ करोड ५० लाख रुपैयाँ, र काँकु लोरकु सिँचाइ योजना माप्य दुधकोशी वडा नम्बर ४ का लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
पर्यटन मन्त्रालय मार्फत सोलुदुधकुण्ड वडा नम्बर ९ को कोको मेन्द्रों छोलिङ गुम्बाको किचन घर निर्माणका लागि १५ लाख रुपैयाँ छुट्ट्याइएको छ। जिल्लाको भौतिक कनेक्टिभिटी सुधार गर्न पूर्वाधार विकास कार्यालय सोलुखुम्बु मार्फत विभिन्न रणनीतिक सडक तथा पुल निर्माणका कार्यहरू अघि सारिएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ मा खरीखोला प्रहरी चौकी निर्माणका लागि २० लाख रुपैयाँ, वडा नम्बर २ मा सभाहल निर्माणका लागि १० लाख रुपैयाँ, र नाला झो पु खुम्बु पासाङल्हामु वडा नम्बर ४ का लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ र १ जोड्ने दुधकुण्ड हिमाल जाने सोलु खोला सहस्र वेनी झोलुङ्गे पुलका लागि १० लाख रुपैयाँ, तामाखानी सोलुदुधकुण्ड वडा नम्बर ५ सल्लेरी जस्मान भञ्ज्याङ गुम्बा गोलु लिखुपिके काफलेचौर हुँदै भण्डार सडकका लागि १ करोड रुपैयाँ, र बेलटार बजार कम्फुघाट पामाखाम भञ्ज्याङ ट्याम्केसाप्सुधाप मयुर डाँडा हुँदै साल्पा पोखरीबाट गुदेभ सोलु सल्लेरी सडकका लागि २० लाख रुपैयाँ तोकिएको छ ।
माप्य दुधकोशी वडा नम्बर ४ काकुमा भुङग्रा खोला मोटरेवल पुल निर्माणका लागि १ करोड रुपैयाँ, सोलुदुधकुण्ड वडा नम्बर ११ मा तिइलाकेडी भुरुबुता सोदुखीता मोटरेवल पुल निर्माणका लागि २० लाख रुपैयाँ, सोलुदुधकुण्ड वडा नम्बर ८ मा पत्ताले हिमाली होमस्टे साधी बाट गौरिटाप जाने सडक स्तर उन्नतिका लागि १५ लाख रुपैयाँ, र लिखुपिके गाउँपालिका वडा नम्बर २ मैलीमा कुटर पिसान मिल स्थापनाका लागि ६ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
यसैगरी लिखुपिके गाउँपालिका वडा नम्बर २ मा जोलुसु चेपादिस सुडडाडा हुँदै नमुना आ.वि. सम्मको मोटरबाटो विस्तार तथा स्तरोन्नतिका लागि २० लाख रुपैयाँ, बेनी चारघरे लेखानी सडक स्तरोन्नति सोलुदुधकुण्ड वडा नम्बर २ का लागि १५ लाख रुपैयाँ, र रिडनु टाक्सिन्दु नुनथला सडक स्तरोन्नति सोलुदुधकुण्ड नगरपालिकाका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ।
छिरिङ्गखर्क गुम्बा डाँडादेखि घट्टाछेउ हुई श्री महादेव आधारभूत विद्यालयसम्म सडक ट्रयाक ओपन कार्यका लागि ५ लाख रुपैयाँ, लिखुपिके वडा नम्बर ५ सडकका लागि ५ लाख रुपैयाँ, लिखुपिके गाउँपालिका वडा नम्बर ४ र ५ बीचको किन्जाखोला मोटरेवल पुल निर्माणका लागि १५ लाख रुपैयाँ, र मैली खोलामा लिखुपिके र खिजिदेम्बा गाउँपालिका जोड्ने मोटरेवल पुलका लागि १० लाख रुपैयाँ छुट्ट्याइएको छ।
सोलुदुधकुण्ड वडा नम्बर ६ मा छुल्यामु बाट दोर्पु सम्मको सडक स्तरोन्नतिका लागि ३० लाख रुपैयाँ तोकिएको छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाई मोरङ मार्फत सोलुखुम्बु जिल्लाको फाप्लुरिङमु तान्सिन्दु नुनथाला हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने सडक (सगरमाथा मार्ग) कालोपत्रे समेतका दुईवटा खण्डहरूका लागि क्रमशः २ करोड ७ लाख रुपैयाँ र १८ करोड रुपैयाँ गरी विशाल बजेटको सुनिश्चितता गरिएको छ। यसका साथै दोर्पु नेवार समाज क्रियापुत्री भवन अधुरो निर्माण सम्पन्न गर्न सोलुदुधकुण्ड वडा नम्बर ६ का लागि ३० लाख रुपैयाँ, जन्तरधाप टाप्टिङ सोलनासा गोराखानी भित्ताखर्क सल्लेरी चाल्सा विद्युतको सडक पुल सम्मका लागि १ करोड रुपैयाँ र सोलुदुधकुण्ड नगरपालिका वेनी थुलुङ सडकका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
सशर्त अनुदान अन्तर्गत सोलुदुधकुण्ड नगरपालिकामा उद्योग, कृषि तथा सहकारी मन्त्रालय मार्फत चिया खेती प्रवद्र्धन लिखुपिके गाउँपालिका वा सोलुदुधकुण्ड वडा नम्बर १ देखि वडा नम्बर ११ का लागि २० लाख रुपैयाँ र नेपाल ट्होल्मो पेहेन झाँकी संस्कृति संरक्षण समुदायको किचन घर निर्माणका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न क्षेत्रमा भवन पूर्वाधार र मन्दिर गुम्बा संरक्षणका योजनाहरू समेटिएका छन्। जिमी राई उत्थान समाज भवन पूर्वाधार निर्माण वडा नम्बर ५ का लागि १० लाख रुपैयाँ, तामाङ सेवा समिति घेरावार वडा नम्बर ४ खोलाघारीका लागि १० लाख रुपैयाँ, डग्युर देक्षेनछोइलिङ गुम्बा निर्माण तथा मर्मत वडा नम्बर ३ फलामखानीका लागि १० लाख रुपैयाँ, बुद्धपार्क निर्माण वडा नम्बर ४ का लागि १० लाख रुपैयाँ, उर्केन साम्तेन छोलिङ गुम्बा कुनिखोप जैद वडा नम्बर ५ का लागि १० लाख रुपैयाँ, डग्युर ओर्गेन छुपोलिङ गुम्बा शेर्पा मुडेछोक्पा मुडे निर्माण तथा मर्मत वडा नम्बर ११ का लागि १० लाख रुपैयाँ, पल टसी दोन डुप छोलिङ गुम्बा सोलुदुधकुण्ड वडा नम्बर ५ सल्लेरीका लागि १० लाख रुपैयाँ, आरुबोट भालुखोप रोसी सामुदायिक भवन निर्माण वडा नम्बर ५ का लागि १० लाख रुपैयाँ, सल्लेरी रक्ताङ्गे टाक्सीङ्दो पर्यटन पदमार्ग वडा नम्बर ४ र २ का लागि १० लाख रुपैयाँ, चागेस्थान मन्दिर पूर्वाधार विकास निर्माण वडा नम्बर ८ का लागि १० लाख रुपैयाँ, र खप्तडी सङ्ग्रहालय तथा विश्रामस्थल तिङला वडा नम्बर ११ का लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत सोलुखुम्बु बहुमुखी क्याम्पसको खेल मैदान निर्माण सोलुदुधकुण्ड वडा नम्बर ४ का लागि १० लाख रुपैयाँ, जन जागृति खेल मैदान सोलुदुधकुण्ड वडा नम्बर ५ प्याराफिट निर्माणका लागि ३० लाख रुपैयाँ, योङ्ग स्टार ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न गर्न वडा नम्बर ६ का लागि १० लाख रुपैयाँ, न्यून दरबन्दी भएका सामुदायिक माविलाई डिजिटल सिकाइ सामग्री अनुदान तर्फ बालेश्वर मावि वडा नम्बर ८ का लागि ५ लाख रुपैयाँ, फाप्लु मावि वडा नम्बर ४ का लागि ५ लाख रुपैयाँ, र मावि वडा नम्बर २ का लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकातर्फ खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय मार्फत अमादब्लम हाइड्रोपावरको लागि विद्युत प्रसारण लाइन निर्माण÷विस्तार गर्न ५ करोड रुपैयाँ र पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत गोक्यो पर्यटकीय ताल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माण वडा नम्बर ४ का लागि १० लाख रुपैयाँ छुट्याइएको छ।
माप्य दुधकोशी गाउँपालिकातर्फ उद्योग, कृषि तथा सहकारी मन्त्रालय मार्फत बाख्रा प्रवद्र्धन कार्यक्रम वडा नम्बर १ का लागि ५ लाख रुपैयाँ, पर्यटन मन्त्रालय मार्फत घिमिरे ब्राह्मण समाज कुलपूजा मन्दिर निर्माण वडा नम्बर ६ सेलुवाका लागि ६ लाख रुपैयाँ र जुवे शेर्पा किदुक आधुनिक किचन घर निर्माण वडा नम्बर १ का लागि १० लाख रुपैयाँ विनियोजन भएको छ। सामाजिक विकास मन्त्रालय मार्फत हिमालय मावि आवासीय छात्रवास निर्माण लागत साझेदारीका लागि ५० लाख रुपैयाँ, जुभिङ मावि खेलमैदान निर्माणका लागि १५ लाख रुपैयाँ, बासाखाली मावि खेलमैदान निर्माणका लागि १० लाख रुपैयाँ, र रामपुर मावि खेलमैदान निर्माणका लागि १५ लाख रुपैयाँ तय गरिएको छ। डिजिटल सिकाइ सामग्री अनुदान तर्फ जुभिङ मावि वडा नम्बर १, हिमालय मावि वडा नम्बर ७ र रामपुर मावि वडा नम्बर ४ प्रत्येकका लागि ५÷५ लाख रुपैयाँ छुट्याइएको छ।
भवन पूर्वाधार तर्फ खुम्बु पासाङल्हामु वडा नम्बर १ खरीखोला मगर समाज सांस्कृतिक भवन निर्माणका लागि २० लाख रुपैयाँ, सोलुखुम्बु बहुमुखी क्याम्पस भवन निर्माणका लागि ५० लाख रुपैयाँ, खालिङ सामुदायिक भवन निर्माण माप्य दुधकोशी वडा नम्बर २ ठुलढुङ्गाका लागि २० लाख रुपैयाँ, कोफु सामुदायिक भवन निर्माण माप्य दुधकोशी वडा नम्बर ५ का लागि १४ लाख रुपैयाँ, पिके सेवा केन्द्रको सामुदायिक भवन निर्माण सम्पन्न गर्न सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ लोदिङका लागि ५० लाख रुपैयाँ, सात खोला सिद्धेश्वर मन्दिर संरचना निर्माण सोलुदुधकुण्ड वडा नम्बर ८ का लागि १० लाख रुपैयाँ, सोलुखुम्बु बहुमुखी क्याम्पस भवन मर्मतका लागि ३० लाख रुपैयाँ, र हिमालचुली युवा क्लब भवन निर्माण सोलुदुधकुण्ड वडा नम्बर ८ का लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ।
समपूरक अनुदान तर्फ आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत सोलुदुधकुण्ड नगरपालिकाको मोपुङ वस्तीमा पर्यटकीय पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ छुट्याइएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकामा नाम्चे खानेपानी आयोजनाका लागि ५ लाख रुपैयाँ र डिमदोर्जी शेर्पा पर्यटन सडक अन्तर्गत खरीखोला पामडाँडा सुके स्तरोन्नतिका लागि ५ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
यस्तै माप्य दुधकोशी गाउँपालिकामा गाउँपालिका अस्पताल भवन निर्माण खास्तापका लागि १ करोड ६० लाख रुपैयाँ र लिखुपिके गाउँपालिकामा ३ नम्बर वडा कार्यालय भवन निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा





