शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
सोलुखुम्बु : सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले शान्ति सुरक्षा, शुसासन प्रवद्र्धन र समन्वयमा कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । जिल्लामा पदभार सम्हाले पछि पहिलोपटक सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै उहाँले प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लाको कमान्ड गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो । हिमाली जिल्लाका प्राकृतिक समस्याहरू लगायत अन्य विषयहरूमा आफ्नो गम्भीर सावधानी रहने बताउनुभएको छ ।
जिल्लाको शान्ती सुरक्षा कायम गर्न आफ्नो जोडबल रहने उल्लेख गर्दै अपराध नियन्त्रणको कामलाई प्राथमिकताका साथ अघि बढाउने पनि उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने नियमित प्रशासनिक कामहरूमा चुस्तता, कर्मचारी अनुशासनको क्षेत्रमा कडाइ लगायत आफ्नो क्षेत्राधिकार भित्र रहेका कामहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सही सम्पादनमा आफ्नो जोड रहने उहाँको भनाई छ । पत्रकारहरूले उठाएका विविध विषयमा आफ्नो धारणा राख्दै प्रजिअ मगरले जिम्मेवार ढङ्गबाट आफ्नो कार्यसम्पादन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । जिल्लामा देखिएका विभिन्न समस्या समाधानका लागि सबैसँग सहकार्य र समन्वय गर्ने बताउनुभएको छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा






