शनिबार, ९ श्रावण, २०८३ (1784571300)
मंगलबार श्रावण ५, २०८३

सोलुखुम्बुमा जबरजस्ती करणी उद्योगमा युवक प,क्राउ

 सोलुखुम्बु :  सोलुखुम्बुमा जबरजस्ती करणी उद्योग मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय तिलक तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार, गत साउन २ गते दिउँसो करिब ४ बजेको समयमा ४७ वर्षीया महिला आफ्नै घरको भान्साकोठामा तरकारीका लागि आलुका चाना काटिरहेको अवस्थामा तामाङ घरभित्र प्रवेश गरी जबरजस्ती करणीको प्रयास गरेका थिए ।
पीडित महिलाले इलाका प्रहरी कार्यालय सोताङमा जानकारी गराएपछि खटिएको प्रहरी टोलीले तामाङलाई साउन ३ गते नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय, सोताङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।