शनिबार, ९ श्रावण, २०८३ (1784744100)
बिहीबार श्रावण ७, २०८३

४४औँ बीपी स्मृति दिवसमा थुलुङ दूधकोशी अस्पतालका बिरामीलाई फलफूल वितरण

   सोलुखुम्बु — ४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जीवन गुरुङ तथा अश्विन बाबु थापाको संयुक्त पहलमा मङ्गलबार अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण  गर्दै दिवस मनाइएको हो।
    प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक बीपी कोइरालाले देखाउनुभएको मानव सेवा, सामाजिक उत्तरदायित्व र त्यागको भावनालाई आत्मसात् गर्दै उक्त कार्यक्रम आयोजना गरिएको नेताद्वयले जनाएका छन्। बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेताद्वयले बीपीले स्थापित गरेको जनमुखी राजनीतिको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको र समाजप्रतिको उत्तरदायित्व नै बीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । स्थानीय नेता–कार्यकर्ता तथा अस्पतालका स्वास्थ्यकर्मीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममार्फत साउन ६ गते देशभर मनाइने बीपी स्मृति दिवसलाई सामाजिक कार्यसँग जोडेर स्मरण गरिएको थियो ।