सोलुखुम्बुमा प्राकृतिक प्रकोपबाट क्षति बेहोरेका किसानले पाए राहत रकम
सोलुखुम्बु — सोलुखुम्बु जिल्लामा प्राकृतिक प्रकोप तथा विभिन्न विपद्का कारण क्षति व्यहोरेका पीडित किसानहरूलाई राहत रकम वितरण गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सल्लेरी, सोलुखुम्बुले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न प्रकारका विपद्बाट पशुधनमा क्षति पुगेका कृषकहरूलाई राहत रकम उपलब्ध गराएको हो।
प्राकृतिक प्रकोप तथा विपद्का कारण क्षति भई राहत पाउने किसानहरूमा सोताङ गाउँपालिका–३ का किमाने तामाङ रहनुभएकको छ जसलाई आगलागीबाट पुगेको क्षतिको राहतस्वरूप १२ हजार रुपैयाँ उपलब्ध गराइएको छ। त्यसैगरी महाकुलुङ गाउँपालिका–३ का मोहन कृष्ण कुलुङलाई पनि आगलागीबाट क्षति पुगेकाले ५९ हजार रुपैयाँ भुक्तानी गरिएको छ।
विपद्का कारण विभिन्न समयमा क्षति व्यहोरेका अन्य किसानहरूमा माप्य दुधकोशी गाउँपालिका–३ का नल बहादुर राईलाई आगलागीको क्षतिबापत ३८ हजार रुपैयाँ प्रदान गरिएको छ भने नेचासल्यान गाउँपालिका–४ का चैन कुमार राईलाई खोरेत÷खोरेतको असरका कारण पुगेको क्षतिबापत २० हजार रुपैयाँ राहत रकम प्रदान गरिएको छ । यसैगरी लिखु पिके गाउँपालिका–३ का पर्शुराम बस्नेतलाई आगलागीको क्षतिका लागि २० हजार रुपैयाँ र सोलुदुधकुण्ड नगरपालिका–८ का टेक राज नेवारलाई चट्याङबाट पुगेको क्षतिको राहतस्वरूप ८२ हजार रुपैयाँ भुक्तानी गरिएको छ।
विपद्को समयमा उद्धार, राहत, वैकल्पिक बासस्थान तथा सुरक्षित आवास निर्माण लगायतका कार्यहरूमा तदारुकताका साथ खटिएर समस्याको न्यूनीकरणमा योगदान पु¥याउने सम्पूर्ण सरकारी कार्यालयहरू, सुरक्षा निकायहरू तथा विभिन्न संघ–संस्थाहरूलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले धन्यवाद ज्ञापनसमेत गरेको छ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा


2026-07-23-11-54-04.jpeg)




