शनिबार, ९ श्रावण, २०८३ (1783793700)
आइतबार असार २८, २०८३

एक हप्तामा हवाईमार्गबाट १०१ विदेशी पर्यटक लुक्ला भित्रिए, १५० काठमाडौँ फर्किए

      सोलुखुम्बुः  तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक हप्ताको अवधिमा हवाइजहाजमार्फत १०१ जना विदेशी पर्यटकको आगमन भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारका रूपमा रहेको खुम्बु क्षेत्रको भ्रमण सम्पन्न गरी लुक्ला हुँदै फेरि हवाइजहाजमार्फत काठमाडौँ फर्किने पर्यटकको जम्मा सङ्ख्या १५० जना रहेको विमानस्थल प्रशासनले जनाएको छ । 
    पदयात्रा र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको यात्रालाई सुरक्षित बनाउन स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्तिसुरक्षा व्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको छ । पर्यटकहरूलाई हिमाली क्षेत्रमा पर्न सक्ने सम्भावित समस्या, स्वास्थ्य जोखिम वा सुरक्षा चुनौतीहरूको तत्कालै सम्बोधन गर्न यो संयुक्त टोलीले यस क्षेत्रमा नियमित गस्ती र निगरानी गरिरहेको प्रहरीले जनाएको छ।