वसन्तकालीनमा ७८३ द्वारा सगरमाथाको सफल आरोहण, कीर्तिमान संख्यामा अनुमति जारी
सोलुखुम्बुः यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमा गाइडसहित शुक्रबारसम्म ७८३ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण गतिविधि वैशाख ३१ गतेदेखि सुरु भएको थियो । वसन्तकालीन आरोहण जेठ १५ सम्म सञ्चालन हुनेछ । पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीका अनुसार यस अवधिमा सबैभन्दा धेरै आरोहण बुधबार भएको थियो ।
उक्त दिन मात्रै आरोहण दलका सदस्य र तिनका गाइडसहित २ सय ७४ जनाले सफलतापूर्वक सगरमाथाको शिखर चुमेका थिए । त्यसपछि बिहीबार १ सय ८७ जना र शुक्रबार १ सय जनाले शिखर पुगेको संघले जनाएको छ ।
यस वर्षको आरोहण सिजनले विभिन्न नयाँ कीर्तिमानसमेत बनाएको छ । पर्यटन विभागले सगरमाथाका लागि मात्रै ४९५ जनालाई आरोहण अनुमति जारी गरेको थियो । विभागले आरोहणमा जाने आरोहण दलका सदस्यसँग जाने सहयोगी शेर्पालाई सलामी दस्तुर नलिई अनुमति जारी गर्छ । यसपटक जारी आरोहण अनुमति हालसम्मकै उच्च हो । सगरमाथामा पहिलो सफल आरोहण सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले गरेका थिए ।
विभागले २०२६ मार्च १ देखि वसन्तकालीन आरोहण अनुमति खुला गरेको थियो । मे २१ सम्म ३० वटा हिमालका लागि कुल १ हजार १ सय ५७ जना आरोहीलाई अनुमति जारी गरिएको विभागले जनाएको छ । यसबाट सरकारले १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रोयल्टी राजस्व संकलन गरेको छ । जसमध्ये सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा
2026-07-22-07-26-17.jpeg)






