खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ ले २२ लाख भन्दा बढी राजस्व संकलन गर्यो
सोलुखुम्बुः खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ ले २२ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को अवधिमा विभिन्न आठ वटा मुख्य शीर्षकहरूबाट २२ लाख ८८ हजार ६ सय ९८ रुपैयाँ ९७ पैसा राजस्व संकलन गरेको हो ।
वडा कार्यालयले दिएको तथ्याङ्कअनुसार संकलित कुल राजस्वमा सबैभन्दा ठूलो योगदान बहाल करको रहेको छ । बहाल कर शीर्षकबाट मात्रै ७ लाख ९३ हजार १ सय ६९ रुपैयाँ राजस्व सकंलन भएको छ। त्यसैगरी, स्थानीय व्यापार–व्यवसायको दायरा विस्तार भएसँगै व्यवसाय दर्ता तथा नवीकरण शुल्कबापत ७ लाख ४५ हजार ७ सय रुपैयाँ संकलन भएको छ भने सम्पत्ति करमार्फत ३ लाख ८६ हजार ८ सय ९५ रुपैयाँ २५ पैसा असुली भएको छ।
भूमिकर तथा मालपोत शीर्षकमा १ लाख २० हजार ६ सय ३५ रुपैयाँ ७२ पैसा संकलन हुँदा प्रशासनिक सेवाअन्तर्गत नागरिकहरूलाई उपलब्ध गराइने सिफारिस दस्तुरबापत १ लाख ४९ हजार ३ सय ९९ रुपैयाँ आम्दानी भएको वडा कार्यालयको विवरणमा उल्लेख छ।
यस्तै, सर्वसाधारणलाई दिइने अन्य प्रशासनिक सेवाहरूमध्ये नाता प्रमाणित दस्तुरबाट २७ हजार ६ सय रुपैयाँ र व्यक्तिगत घटना दर्ता दस्तुरबापत १८ हजार ३ सय रुपैयाँ संकलन भएको छ। विविध शीर्षकअन्तर्गतका अन्य दस्तुरबाट ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। वडा तहबाटै सेवा प्रवाह चुस्त हुनुका साथै करको दायरा विस्तार र नागरिकमा करप्रतिको सचेतना बढेकाले राजस्व संकलनमा सुधार देखिएको हो।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै
- ब्रोड पिक हिमपहिरो परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
- सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ
- सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण
- खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो
2026-08-12-12-40-36.jpeg)
2026-08-08-08-04-27.jpeg)
2026-08-06-09-06-37.jpeg)

2026-08-08-08-16-35.jpeg)


