नेचासल्यान गाउँपालिकाद्वारा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीलाई सम्मान तथा प्रोत्साहन
सोलुखुम्बुः नेचासल्यान गाउँपालिकाले प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका गाउँपालिकाभित्रका खेलाडीहरूलाई सम्मान तथा हौसला अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरेको छ। गत जेठ १७ र १८ गते इटहरीमा सम्पन्न प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोलुखुम्बु जिल्लाको प्रतिनिधित्व गरेका नेचासल्यान गाउँपालिकाका खेलाडीहरूको उत्साह, योगदान र आगामी खेल यात्रालाई थप प्रेरणा दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख केशब कटेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले खेलाडीहरूको मेहनत, अनुशासन र जिल्लाको प्रतिनिधित्व गर्दै गरेको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर अभ्यास र लगनशीलता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सहभागी खेलाडीहरूलाई सम्मान गर्दै उनीहरूको मनोबल उच्च बनाउने तथा आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्यले शुभकामना प्रदान गरिएको थियो।
नेचासल्यान गाउँपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै प्रतिभावान खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रोत्साहन र आवश्यक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा
2026-07-14-04-17-19.jpeg)






