सोलुखुम्बु खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
सोलुखुम्बुः सोलुखुम्बु जिल्लाको जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष अर्जुन बहादुर रोक्का तथा उपाध्यक्ष कृष्णा तामाङले औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ ।
यस अवसरमा जिल्ला समन्वय समिति सोलुखुम्बुले नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, समन्वय अधिकारी चन्द्र सिंह श्रेष्ठ तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख केशव बहादुर कटेललगायतले प्रत्यक्ष भेट गरी सफल कार्यकालको शुभकामना दिनुभएको हो। यसअघि कार्यालय आगमनका क्रममा अध्यक्ष रोक्का र उपाध्यक्ष तामाङलाई खेलसम्बद्ध पदाधिकारी, स्थानीय खेलाडी तथा सरोकारवालाहरूले खादा र माला लगाएर भव्य स्वागत तथा बधाई ज्ञापन गरेका थिए।
पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा अध्यक्ष अर्जुन रोक्काले प्रतिभा पहिचान र खेल पूर्वाधार निर्माणलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताउनुभयो। उहाँले सोलुखुम्बुका ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाहरूको खोजी गरी राष्ट्रिय स्तरसम्म पु¥याउन विशेष योजना ल्याइने जानकारी दिनुभयो।
त्यस्तै, उपाध्यक्ष कृष्णा तामाङले खेलकुदमा महिला तथा युवाहरूको सहभागिता अभिवृद्धि गर्न विशेष पहल गरिने बताउनुभयो। खेलकुदले जिल्लाको पहिचान स्थापित गर्नुका साथै युवाहरूलाई अनुशासित र स्वस्थ बनाउने भएकाले खेल क्षेत्रमा नयाँ ऊर्जा थप्न आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। कार्यक्रममा उपस्थित विभिन्न खेल सङ्घका प्रतिनिधि तथा खेलप्रेमीहरूले नयाँ नेतृत्वको आगमनसँगै लामो समयदेखि सुस्ताएको सोलुखुम्बुको खेलकुद क्षेत्रले नयाँ गति लिने विश्वास व्यक्त गरेका थिए।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-14-04-17-19.jpeg)





