शनिबार, ९ श्रावण, २०८३ (1783966500)
मंगलबार असार ३०, २०८३

फाइनल यात्राका लागि आज फ्रान्स र स्पेनबीच निर्णायक महासंग्राम

सोलुखुम्बुः विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ बजे हुनेछ । 

त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पौने १ बजे हुनेछ । क्वाटरफाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १र१ पटक उपाधि जितेका छन् । यो विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे हुनेछ ।