खुम्बु पासाङल्हामु ब्याडमिन्टन: सिङ्गलमा सौगात र डबलमा नौविर र बुद्धको जोडी च्याम्पियन
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय खुला पुरुष सिङ्गल तथा डबल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । सिङ्गल र डबलतर्फ ४÷४ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पुरुष सिङ्गलतर्फ सौगात मगरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल हुनुभएको छ । यस विधामा विभुष तामाङ द्वितीय हुनुभयो भने बाबुराम मगर र नौविर राई संयुक्त रूपमा तृतीय स्थानमा रहनुभयो।
यस्तै, पुरुष डबलतर्फ नौविर राई र बुद्ध तामाङको जोडी च्याम्पियन बनेको छ । डबलतर्फ विभुष तामाङ र सौगात मगरको जोडी दोस्रो स्थानमा रहँदा बाबुराम मगर र खड्गराज राईको जोडी तथा हेमराज प्रधान र दखल बाहोराको जोडीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका वडा नम्बर २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताका पुरुष डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी, पुरुष सिङ्गलतर्फका विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रतियोगिताको विशेष आकर्षणका रूपमा रहेको प्रदर्शनी खेल (सो–म्याच) मा उत्कृष्ट प्रदर्शन गर्दै नौविर राई र बुद्धवीर तामाङले गाउँपालिकाद्वारा राखिएको १५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भएका छन् ।
समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले खेलकुद क्षेत्रको विकास गाउँपालिकाको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो। स्थानीय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने वातावरण सिर्जना गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने विश्वास व्यक्त गर्नुभयो। दुर्गम क्षेत्रका खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर दिनु गाउँपालिकाको दायित्व भएको भन्दै उहाँले आगामी दिनमा पनि बजेट र कार्यक्रममा खेलकुदलाई उच्च प्राथमिकतामा राख्ने, खेल पूर्वाधार निर्माण गर्ने र नियमित प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीले पनि यस प्रतियोगिताले गाउँपालिकामा खेलकुद गतिविधिको विस्तार हुनुका साथै युवाहरूलाई सकारात्मक र रचनात्मक कार्यतर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै खुसी व्यक्त गरेका छन्।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-14-04-17-19.jpeg)





