भारतको हिमाचलमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपालीको ज्यान गयो
सोलुखुम्बु – भारतको हिमाचलमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपालीको ज्यान गएको छ । हिमाचलको सोलन जिल्ला अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ९ जना नेपालीको ज्यान गएको गाउँपालिकाका सूचना अधिकारी भिमलाल भण्डारीले जानकारी दिनुभयो ।
मृतकहरू स्थानीय धनबहादुर र काशीराम विकका परिवार रहेको उहाँले पुष्टि गर्नुभएको छ । भण्डारीका अनुसार ३३ वर्षीय धनबहादुर विक, उहाँकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, १० वर्षीया रेणुका विक र राजन विकको ज्यान गएको हो ।
त्यस्तै ४७ वर्षीय काशिरामसहित उहाँको श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको ज्यान गएको वडाध्यक्ष मेघराज बुढाथोकीले निकालेको विज्ञप्तिमा उल्लेख छ । वडाका दुई परिवारका ९ जना सदस्यको ज्यान गएपछि आज वडा नम्बर २ मा शोक बिदा दिइएको छ ।
साथै ज्यान गएका परिवारको शव ल्याउन आवश्यक सम्पूर्ण खर्च पालिकाले नै बेर्होने र काजक्रिया खर्चको व्यवस्था पनि गर्ने पालिकाले निर्णय गरेको छ । भारतीय सञ्चारमाध्यमले हिजो राति ग्यास सिलिण्डर पड्कीएर आगलागी भएको जनाएका छन् । आगलागीबाट १५ वटाभन्दा धेरै पसलमा समेत क्षति भएको छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा
2026-03-14-02-43-20.jpeg)






