बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री रहमानद्वारा नेपालमा हुन लागेको चुनाव सफलताको कामना
सोलुखुम्बु– बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावलाई सफलताको कामना गर्नुभएको छ ।बङ्गलादेशका प्रधानमन्त्री र नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माबीच हिजो बेलुका ढाकामा भएको भेटमा रहमानले चुनाव सफलताको शुभकामना व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका रहमानलाई बधाई ज्ञापनसहित प्रधानमन्त्री सुशीला कार्कीले पठाउनुभएको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो ।
दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले चुनाव सफलतापूर्वक गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बङ्गलादेश सरकारको सराहना गर्दै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल प्राप्त गरेकामा बधाई ज्ञापन गर्नुभयो ।
नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारेमा छलफल गर्नुभएको थियो ।
त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा पनि सहभागी हुनुभएको थियो । अस्ति सोमवार ढाका प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री शर्मा भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते

2026-08-02-12-18-02.jpeg)
2026-03-14-02-43-20.jpeg)
2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

