महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त, अवस्था गम्भीर
सोलुखुम्बुः भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ ।प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।
विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको खबर छ ।बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको जनाइएको छ । यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर र भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ । विमान जलेको टुक्रा–टुक्रा छरिएको देखिन्छ ।दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा र उद्धार टोली खटिएका छन् । स्थानीय प्रशासन, एम्बुलेन्स तथा मेडिकल टोली घटनास्थलतर्फ परिचालित गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते

2026-08-02-12-18-02.jpeg)
2026-03-14-02-43-20.jpeg)
2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

