सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
एआइ निर्मित फोटो सोलुखुम्बु ः सोलुखुम्बुको सोताङ गाउँपालिका–२ स्थित चेपेल आधारभूत विद्यालय असोज १९ गते सोमबारदेखि पूर्ववत् रूपमा पुनः सञ्चालनमा आउने भएको छ । विद्यालयका शिक्षक र होस्टेल सञ्चालकबीच उत्पन्न विवादपछि दुई दिनसम्म बन्द रहेको पठनपाठन वडा कार्यालयमा भएको सर्वपक्षीय सहमतिपछि पुनः सञ्चालन हुने भएको हो।
विद्यालयद्वारा जारी विज्ञप्तिअनुसार गत असोज १४ गते विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) र शिक्षक–अभिभावक संघ (शि.अ.संघ) को संयुक्त बैठकले विद्यालय परिसरभित्र ’जङ्कफुड’ निषेध गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई लिएर असोज १५ गते सोताङ–२ चेपेल निवासी शि.अ.संघ सदस्य तथा विद्यालयका छात्रावास सञ्चालक पेम्बा शेर्पाले विद्यालयका प्रधानाध्यापक बासु राईमाथि अपशब्द प्रयोग गर्दै गालिगलौज र हातपात गरेका थिए।
उक्त घटनापछि दोषीमाथि कानुनी कारबाहीको माग गर्दै असोज १५ गतेदेखि विद्यालयको कामकाज तथा पठनपाठन ठप्प पारिएको थियो। विद्यालय बन्द भएपछि असोज १६ गते सोताङ गाउँपालिका वडा नं. २ को कार्यालयमा वडाध्यक्ष श्याम कुमार खालिङको रोहवरमा छलफल आयोजना गरिएको थियो। उक्त छलफलमा विद्यालयका सम्पूर्ण शिक्षक स्टाफ, पेम्बा शेर्पा, वडाध्यक्ष, वि.व्य.स. र शि.अ.संघका पदाधिकारी, सुरक्षाकर्मी तथा स्थानीय एवं बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा पेम्बा शेर्पाले आफ्नो गल्ती महसुस गर्दै सबै पक्षसँग माफी मागेका छन्। साथै, आगामी दिनमा यस्तो गल्ती नदोहोरÞ्याउने, विद्यालयको शैक्षिक वातावरण शान्त र सुरक्षित राख्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने र दुई दिन विद्यालय बन्द हुँदा पुगेको शैक्षिक क्षतिको क्षतिपूर्ति समेत आफ्नै तर्फबाट पूर्ति गर्ने प्रतिबद्धता जनाएका छन्।
दुवै पक्षबीच सहमति कायम भएसँगै असोज १९ गते सोमबारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुने जानकारी विद्यालयका सहायक प्रधानाध्यापक झमकबाबु बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ताजा खबर
सबै- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
- फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता
- सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
- सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
- चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत


2026-10-02-11-02-21.jpeg)



2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)
