सोलुखुम्बुमा कांग्रेस प्रदेश सभा ’ख’ को सभापतिमा कर्मा शेर्पा निर्वाचित
सोलुखुम्बुः नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कर्मा शेर्पा पुनः दोहोरिनुभएको छ। हिजो सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार प्रतिस्पर्धी सोनाम ग्याल्जेन शेर्पालाई पराजित गर्दै कर्मा सभापतिमा निर्वाचित हुनुभएको हो। विजयी कर्मा शेर्पाले २३८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सोनाम ग्याल्जेन शेर्पाले १२८ मत ल्याउनुभयो।
त्यस्तै, उपसभापति पदमा प्रेमबहादुर बस्नेत २२८ मत ल्याएर निर्वाचित हुनुभएको छ भने अर्का प्रतिस्पर्धी शम्भुप्रसाद घिमिरेले १०७ मत प्राप्त गर्नुभयो। सचिव पदमा लोकजित कार्कीले १६९ मत र टीकाजंग खड्काले १५४ मत ल्याउनुभएको छ।
सहसचिवतर्फ करुणाराज भण्डारीले १८० मत र पूर्णिमा तामाङले १८१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने अन्य प्रतिस्पर्धीहरू कमल विकले ६७ मत र हिराकाजी रेग्मी मगरले ५८ मत प्राप्त गर्नुभयो।
यसैगरी, युवा सदस्यतर्फ कल्पना थापामगर १७३ मत र रमेश बस्नेत १५६ मत ल्याएर निर्वाचित हुनुभएको छ। समानुपातिकतर्फ भने भेषकुमार मगरले १७७ मत, ताराबहादुर भुजेलले १७३ मत र नरजित राईले ११८ मत प्राप्त गर्नुभएको छ।
ताजा खबर
सबै- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
- फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता
- सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
- सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
- चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत

2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)



