आइतबार, १८ असोज, २०८३ (1790532900)
सोमबार असोज १२, २०८३

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला

सोलुखुम्बुः मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् ।नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले थप दुई शव फेला पारेको हो ।एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।