आइतबार, १८ असोज, २०८३ (1790532900)
सोमबार असोज १२, २०८३

सोलुखुम्बुबाट घनराज सुनुवारको अल्पसंख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

    सोलुखुम्बुः नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बु जिल्लामा चुनावी माहोल बढेको छ। जिल्लाका ५२ वटै वडा तथा पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भई अब प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहका अधिवेशनको प्रक्रिया अघि बढेको हो । 
  यसै क्रममा नेपाली कांग्रेस सोलुखुम्बुका उपसभापति एवम् थुलुङ दुधकोशी गाउँपालिका–१ का वडाध्यक्ष घनराज सुनुवारले अल्पसंख्यकतर्फबाट महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। समावेशी नेतृत्वको आवश्यकतालाई जोड दिँदै उहाँले आफूलाई विजयी गराउन जिल्लाका क्षेत्रीय प्रतिनिधिहरूसँग हार्दिक अपील गर्दै व्यापक समर्थनको अपेक्षा राख्नुभएको छ ।