आइतबार, १८ असोज, २०८३ (1790705700)
बुधबार असोज १४, २०८३

सोलुखुम्बु कांग्रेस महाधिवेशन: मतदान सम्पन्न, मतगणना सुरु

   सोलुखुम्बुः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु जिल्लामा मङ्गलवार सम्पन्न मतदानपछि क्षेत्रीय अधिवेशनको  मतगणना कार्य सुरु भएको छ। सोलुदुधकुण्ड नगरपालिकाको नयाँ भवनमा प्रतिनिधिसभा महाधिवेशनका साथै प्रदेश सभा क्षेत्र क र ख को कार्यसमिति तथा प्रदेश प्रतिनिधिको मतगणना एकैसाथ अघि बढाइएको हो।

यस अधिवेशनमा कुल १ हजार ३०९ जना क्षेत्रीय प्रतिनिधि मतदाता रहेकोमा १ हजार ५६ मत मात्र खसेको छ। हिमाली जिल्ला सोलुखुम्बुमा हाल पर्यटकीय तथा ट्रेकिङ सिजन सुरु भइसकेकाले धेरैजसो कार्यकर्ता एवं मतदाता पर्यटन व्यवसायतर्फ व्यस्त हुनुका साथै केही दिनअघिको निरन्तर वर्षाका कारण ग्रामीण सडकहरू अवरुद्ध भएकाले अपेक्षाकृत रूपमा मत खस्न नसकेको  नेपाली कांग्रेसकाका पार्टी सचिव युवराज घिमिरेले जानकारी दिनुभयो । 

सचिव घिमिरेका अनुसार भौगोलिक विकटता र बिग्रिएको बाटोघाटोका बावजुद पनि पार्टी कार्यकर्ताहरूको उपस्थिति उत्साहजनक नै रहेको थियो। अहिले शान्तिपूर्ण वातावरणमा मतगणना जारी रहेको र छिट्टै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी आवश्यक तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।