आइतबार, १८ असोज, २०८३ (1790878500)
शुक्रबार असोज १६, २०८३

सोलुखुम्बुबाट काग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३४ जना निर्वाचित

सोलुखुम्बु :  नेपाली कांग्रेस सोलुखुम्बु अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा  ३४ जना प्रतिनिधि निर्वाचित भएका छन । मंगलबार सम्पन्न निर्बाचनको अन्तिम मतपरिणाम अनुसार खुला समूह तर्फ  आङगेलु शेर्पाले ६८० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो । त्यस्तै प्रकाश सिंह कार्की ६४८ मतसहित दोस्रो, नाम्गेल जाङ्बु शेर्पा ६०५ मतसहित तेस्रो र विनोदकुमार बस्नेत ५०८ मतसहित चौथो स्थानमा निर्वाचित हुनु भएको छ । यस्तै सोनाम ग्याल्जेन शेर्पा ४७९ मत, खिला राज बस्नेत ४३८ मत, चोलेन्द्र बहादुर कार्की ४०२ मत, कुस राज राई ३९८ मत, युवराज घिमिरे ३६२ मत र शुभराम बस्नेत ३५१ मत ल्याएर विजयी हुनुभएको छ ।  
   यस्तै महिला (४ जना) तर्फ गीता गुरुङ ६२८ मत, गान्धी माया तामाङ ६०८ मत, एका कुमारी बस्नेत कार्की ४८४ मत र सरला राई (नाछिरिङ) ५५४ मत ल्याएर विजयी हुनुभएको छ ।    त्यस्तै अन्य विधातर्फ श्रमिक (१ जना) मा अश्विन बाबु थापा ३५३ मत, पेशागत विज्ञ (१ जना) मा राजन बस्नेत निर्विरोध, ३५ वर्षमुनि युवा महिला (१ जना) मा नम्रता कुलुङ राई (सरिता) ५१२ मत, ३५ वर्षमुनि युवा पुरुष (२ जना) मा तारा बहादुर खत्री (मिलन) ४४३ मत र जीवन बस्नेत ४३३ मत ल्याएर विजयी हुनुभएको छ ।  
   यसैगरी खस आर्य (२ जना) मा गोकर्ण बस्नेत ३६० मत र टङ्कीमाया बस्नेत ५२१ मत ल्याएर विजयी हुनुभएको छ । मुस्लिम÷मधेसी÷थारू (१ जना) मा अशोक कुमार झा निर्विरोध निर्वाचित हुनुभएको छ । अल्पसंख्यक (१ जना) मा घन राज सुनुवार ५२१ मत, दलित (१ जना) मा हिरा बि.क ३८० मत र प्रजातन्त्रिक÷शहीद परिवार÷द्वन्द्व पीडित (१ जना) मा प्रेम बहादुर थापा मगर ३५३ मत ल्याएर विजयी हुनुभएको छ ।   समानुपातिक तर्फ दलित (१ जना) मा तेजराम परियार ५१९ मत तथा आदिवासी जनजाति (७ जना) तर्फ छिन्डी ल्हामु शेर्पा ४२३ मत, फुर्तीमान तामाङ ४२३ मत, जीवन गुरुङ ४२४ मत, भलाकाजी राई कुलुङ ४०२ मत, विमला गुरुङ ३६९ मत, दावा गेलु पाख्रिन (राजु) ३९९ मत र बिना राईले४११  ल्याएर विजयी हुनुभएको छ ।  यस्तै खस आर्य तर्फ गोर्कण बस्नेत र टंकीमाया बस्नेत र मुस्लिम थारु समुदायबाट अशोक कुमार झा निर्वाचित हुनुभएको हो ।