कर्मा शेर्पाद्वारा सोलु कांग्रेस प्रदेशसभा क्षेत्र ‘ख’ को सभापतिमा पुनः उम्मेदवारी घोषणा
सोलुखुम्बुः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु जिल्लामा मङ्गलवार सम्पन्न मतदानपछि मतगणना कार्य सुरु भएको छ। सोलुदुधकुण्ड नगरपालिकाको नयाँ भवनमा प्रतिनिधिसभा क्षेत्रीय महाधिवेशनका साथै प्रदेश कार्यसमिति (क र ख) र प्रदेश प्रतिनिधि (क र ख) को मतगणना एकैसाथ अघि बढाइएको हो।
यस अधिवेशनमा कुल १ हजार ३०९ जना क्षेत्रीय प्रतिनिधि (मतदाता) रहेकोमा १ हजार ५६ मत मात्र खसेको छ। हिमाली जिल्ला सोलुखुम्बुमा हाल पर्यटकीय तथा ट्रेकिङ सिजन सुरु भइसकेकाले धेरैजसो कार्यकर्ता एवं मतदाता पर्यटन व्यवसायतर्फ व्यस्त हुनुका साथै केही दिनअघिको निरन्तर वर्षाका कारण ग्रामीण सडकहरू अवरुद्ध भएकाले अपेक्षाकृत रूपमा मत खस्न नसकेको नेपाली कांग्रेसकाका पार्टी सचिव युवराज घिमिरेले जानकारी दिनुभयो ।
सचिव घिमिरेका अनुसार भौगोलिक विकटता र बिग्रिएको बाटोघाटोका बावजुद पनि पार्टी कार्यकर्ताहरूको उपस्थिति उत्साहजनक नै रहेको थियो। अहिले शान्तिपूर्ण वातावरणमा मतगणना जारी रहेको र छिट्टै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी आवश्यक तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
ताजा खबर
सबै- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
- फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता
- सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
- सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
- चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत


2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)


