जिल्ला अस्पताल फाप्लुको अप्रेशन थिएटर सुरक्षित स्थानमा सारियो
सोलुखुम्बुः जिल्ला अस्पताल फाप्लुको माथिबाट पहिरो खसेपछि जोखिममा परेको मेजर अप्रेशन थिएटर (ओटी) सहित प्रसुति तथा अन्य केही विभागलाई एक तला माथि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
अस्पतालको मुख्य भवनमाथिबाट पहिरो खसेपछि मेजर अप्रेशन थिएटर, एमसीएच विभाग, प्रसुति रोग विभाग तथा शिशु भर्ना गर्ने कक्ष जोखिममा परेका थिए। पहिरोले अस्पतालको मुख्य भवनमा प्रत्यक्ष ठूलो क्षति नपु¥याए पनि थप पहिरो खस्न सक्ने जोखिम देखिएपछि तत्काल सुरक्षा सतर्कता अपनाइएको हो।
जिल्ला अस्पताल फाप्लुका सूचना अधिकारी लेमी लामाका अनुसार वर्षा रोकिएपछि हिजो दिउँसो करिब ३ देखि ४ बजेको समयमा अस्पतालमाथिबाट अचानक पहिरो खसेको थियो। पहिरोपछि नेपाली सेना र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली परिचालन गरी अप्रेशन थिएटरमा रहेका उपकरण, औषधि तथा आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको हो।
पहिरोको जोखिममा रहेका डेलिभरी रुम, प्रसुति अप्रेशन विभाग तथा जटिल अवस्था भएका शिशु भर्ना गर्ने कक्षलाई पनि माथिल्लो तलामा स्थानान्तरण गरिएको छ। बिरामीहरूलाई समेत सुरक्षित स्थानमा सारिएपछि अस्पतालको नियमित स्वास्थ्य सेवा भने निरन्तर सञ्चालनमा रहेको सूचना अधिकारी लामाले बताउनुभयो।
सडक विभागबाट आएका इन्जिनियरले स्थलगत प्राविधिक अध्ययन गरी दिएको सुझावअनुसार तत्काल पहिरोको माटो पन्छाइएको छैन। अहिले माटो हटाउँदा माथिल्लो भागमा रहेका ठूला रुखहरू खस्न सक्ने र त्यसबाट अस्पतालका माथिल्ला तलामा थप क्षति हुन सक्ने जोखिम रहेकाले तत्कालका लागि पहिरो पूर्ण रूपमा पन्छाउने र अस्पतालको संरचनालाई थप सुरक्षित बनाउने योजना रहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु तथा सुरक्षा निकायको समन्वय र सक्रियतामा अप्रेशन थिएटर, प्रसुति सेवा तथा अन्य जोखिममा रहेका सेवाहरू सुरक्षित स्थानमा सारिएपछि अस्पतालको स्वास्थ्य सेवा भने बिना अवरोध सञ्चालन भइरहेको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
- फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता
- सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
- सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
- चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत






2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)
