सोलुखुम्बुमा हराएका ५६ मध्ये ५३ जना फेला, ३ जनाको खोजी जारी
सोलुखुम्बुः सोलुखुम्बु जिल्लामा आर्थिक वर्ष २०८२÷०८३ को अवधिमा हराएका ५६ जनामध्ये ५३ जना फेला परेका छन् भने ३ जना अझै बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बेपत्ता हुनेहरूमा ठूलो सङ्ख्या महिला तथा बालबालिकाको रहेको छ। हराएका कुल ५६ जनामध्ये २३ जना महिला, १४ जना पुरुष, १० जना बालिका, ५ जना बालक र ४ जना ज्येष्ठ नागरिक (३ पुरुष र १ महिला) रहेका थिए। प्रहरी र स्थानीयवासीको संयुक्त खोजी तथा निरन्तर समन्वयपछि अधिकांश मानिसहरू फेला परिसकेका भए पनि खोजीका क्रममा ४ जना भने मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
हालसम्म फेला नपरेका बाँकी ३ जनाको सम्भावित स्थानहरूमा तीव्र रूपमा खोजी तथा अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभएको छ।पारिवारिक विवाद, मानसिक स्वास्थ्य समस्या, रोजगारीका लागि घर छाडेर सम्पर्कविहीन हुनु तथा युवायुवतीहरू बिचको भागी विवाह जस्ता विविध कारणले मानिसहरू हराउने गरेको प्रहरीको भनाइ छ।
ताजा खबर
सबै- विपद् व्यवस्थापनका लागि सोलुखुम्बुका तीनै सुरक्षा निकायलाई ९ लाख ५० हजार बराबरका सामाग्री हस्तान्तरण
- खुम्बु पासाङ ल्हामुमा ४ करोड ९५ लाखको ’थुक्ला पुल’ निर्माण सम्पन्न, सगरमाथा पदयात्रा अब अझ सहज र सुरक्षित
- नेकपाको ओखलढुंगा इन्चार्ज बने अम्बिरबाबु गुरुङ
- सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा ग¥यो २०२ मुद्धाको फैसला
- सोलुखुम्बुका चतुर तामाङको नयाँ कीर्तिमानः माउन्ट एल्ब्रस २०० पटक सफल आरोहण


2026-07-26-08-43-15.jpeg)



