सोलुखुम्बुमा एक वर्षमा १७ सय बढीले लिए राहदानी, तीन हजार बढीलाई नागरिकता वितरण
सोलुखुम्बुः जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८२÷०८३ मा एक हजार ७ सय २४ वटा राहदानी वितरण गरेको छ। वैदेशिक रोजगारी तथा उच्च अध्ययनका लागि विदेश जानेहरूको सङ्ख्या बढ्दै जाँदा राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या पनि उल्लेख्य रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार राहदानी प्राप्त गर्नेहरूमध्ये ६६७ जना महिला र एक हजार ५७ जना पुरुष रहेका छन्।
त्यसैगरी, राहदानीका लागि आवेदन दिनेहरूमध्ये ६६४ जना महिला र एक हजार २९ जना पुरुष रहेका छन्। नाबालक सिफारिस सेवातर्फ आर्थिक वर्षभर ७३ जनाले सेवा लिएका छन्। जसमध्ये ३७ जना बालिका र ३६ जना बालक रहेका छन्। यस्तै, सोही अवधिमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले तीन हजार १४ जनालाई नयाँ नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले बताउनुभयो ।
ताजा खबर
सबै- विपद् व्यवस्थापनका लागि सोलुखुम्बुका तीनै सुरक्षा निकायलाई ९ लाख ५० हजार बराबरका सामाग्री हस्तान्तरण
- खुम्बु पासाङ ल्हामुमा ४ करोड ९५ लाखको ’थुक्ला पुल’ निर्माण सम्पन्न, सगरमाथा पदयात्रा अब अझ सहज र सुरक्षित
- नेकपाको ओखलढुंगा इन्चार्ज बने अम्बिरबाबु गुरुङ
- सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा ग¥यो २०२ मुद्धाको फैसला
- सोलुखुम्बुका चतुर तामाङको नयाँ कीर्तिमानः माउन्ट एल्ब्रस २०० पटक सफल आरोहण







