शनिबार, ९ श्रावण, २०८३ (1784139300)
बिहीबार असार ३२, २०८३

निर्माणधीन प्रशासनिक भवनमा सोलुदुधकुण्डको अधिवेशन,८५ करोड बढीको बजेट पारित 

सोलुखुम्बु  :  सोलुदुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को बजेट नगरसभाबाट पारित गरेको छ ।  गत असार १० गते नगरसभामा पेश गरिएको नगरपालिकाको बजेट नीति तथा कार्यक्रम असार ३२ गते पारित गरिएको हो ।  नगरप्रमुख नाम्गेल जाङबु शेर्पाको सभापतित्वमा सम्पन्न १८ औँ नगरसभाले आर्थिक वर्ष २०८३÷८४ को बजेट सर्वसम्मतीले पारित गरेको हो ।  

८५ करोड ९५ लाख बढीको बजेट पारित गर्दै नगरसभाले गत आर्थिक वर्ष २०८२÷०८३ मा ८० प्रतिशत बजेट खर्च गरिएको जानकारी गराइएको छ ।  यस आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको ८८ करोड ९० लाख रुपैयाँको बजेट मध्ये ७१ करोड १५ लाख खर्च गरेको नगर उपप्रमुख गान्धीमाया तामाङले बताउनुभएको छ  । सम्पन्न नगरसभामा नगरपालिकाका ११ ओटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य लगायत प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  नगरपालिकाले निर्माणाधीन प्रशासनिक भवनको सभाहलबाट आर्थिक वर्ष २०८३÷८४ को बजेट पारित गरेको छ