सगरमाथाको आरोहण शुल्क बढाउनुपर्छ : सांसद शेर्पा
सोलुखुम्बु ; राष्ट्रियसभामा नेकपा एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि रोयल्टी बढाउनुपर्ने माग गरेका छन्। बिहीवार राष्ट्रियसभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त माग गरेका हुन्। सांसद शेर्पाले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्ने हो भने आगामी २० वर्षमा सगरमाथाको अवस्था राम्रो नरहने चेतावनी दिए।
सगरमाथालाई हीराको रूपमा चित्रण गर्दै सांसद शेर्पाले सरकारले यसलाई कौडीको मूल्य बराबर पनि महत्त्व नदिएको भन्दै आपत्ति जनाए। शेर्पाले भने,‘हीरालाई चाँदीको भाउँमा बेच्यौँ। अब सगरमाथालाई हीराको भाउमै बेच्नुपर्छ। सगरमाथाको रोयल्टी बढाउनुपर्छ। हिमाल चढ्ने भनेको पहाड चढ्ने वा हाइकिङ जाने जस्तो होइन। यस्तै अवस्था रहे २० वर्षमा सगरमाथा राम्रो कन्डिसनमा रहँदैन।’ सांसद शेर्पाले सरकारले हिमालको पर्यटनलाई महत्व नदिएको गुनासो पनि गरे।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा


2026-07-08-06-04-49.jpeg)




