१० औँ राष्ट्रिय खेलकुदका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट प्रतियोगिता हुने
सोलुखुम्बु – १० औँ राष्ट्रिय खेलकुदका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट प्रतियोगिता हुने भएको छ । कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीहरू छनोट गर्नका लागि जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बुले आगामी असोज ३० गते सदरमुकाम सल्लेरीमा उक्त छनोट प्रतियोगिता सञ्चालन गर्ने भएको हो।
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले विभिन्न १५ वटा खेल विधाका लागि महिला तथा पुरुष खेलाडीहरूको छनोट गर्न लागेको जनाएको छ । छनोट गरिने खेलहरूमा फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो, उसु, कबड्डी, ब्याडमिन्टन, आर्चरी, टेबलटेनिस, बुद्धिचाल, फुलकन्ट्याक कराँते काता र जुडो रहेका छन्। यी सबै खेलमा महिला र पुरुष दुवैतर्फका खेलाडीहरूबीच प्रतिस्पर्धा गराइनेछ। त्यस्तै पुरुष वर्गका लागि मात्र स्क्वास र पौडी खेलको समेत छनोट प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ।
समितिका अध्यक्ष अर्जुन बहादुर रोका, उपाध्यक्ष कृष्ण तामाङ र कार्यालय प्रमुख केशव प्रसाद कट्टेलद्वारा हस्ताक्षरित सूचनाअनुसार सम्बन्धित सबै खेलाडी तथा सरोकारवालाहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई छनोट प्रक्रियामा सहभागी हुन आह्वान गरिएको छ। यस छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले कोशी प्रदेशस्तरीय छनोटमा सोलुखुम्बु जिल्लाको प्रतिनिधित्व गर्दै १० औँ राष्ट्रिय खेलकुदसम्म पुग्ने अवसर प्राप्त गर्नेछन्।

ताजा खबर
सबै- प्रमुख अतिथि छनोटमा विवाद भएपछि ह्वाइट हिल्स स्कुलद्वारा क्षमायाचना
- चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अपिल
- १० औँ राष्ट्रिय खेलकुदका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट प्रतियोगिता हुने
- दसैँ सुरु भएसँगै सदरमुकाम सल्लेरीमा बढ्यो चहलपहल
- उपभोग्य वस्तु खरिदमा सजग रहन सोलुखुम्बुवासीलाई अपिल




2026-10-09-08-52-42.jpeg)
2026-10-12-03-58-15.jpeg)
