सोलुखुम्बुमा दुई दिनमा भालुको आक्रमणबाट दुई जना घाइते
सोलुखुम्बुः भालुको आक्रमणबाट सोलुखुम्बुमा दुई दिनमा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार आक्रमणमा पर्नेहरूमा सोलुदुधकुण्ड नगरपालिका–७ का ४५ वर्षीय जंगबहादुर श्रेष्ठ र सोही नगरपालिका वडा नम्बर ५ की २५ वर्षीया लाक्पा डोमा शेर्पा रहेका छन्।
आइतबार बिहान आफ्नै घरमा बसिरहेका बेला श्रेष्ठमाथि भालुले अचानक आक्रमण गरेको थियो। भालुको पञ्जाबाट उहाँको पेट, घाँटी र पाखुरामा लागेको थियो । उहाँलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी सोमबार बिहान घरबाट सदरमुकाम सल्लेरीतर्फ आउने क्रममा घर नजिकैको बाटोमा २५ वर्षीया लाक्पा डोमा शेर्पामाथि भालुले आक्रमण गरेको हो। आक्रमणबाट उहाँको दाहिने हात र कम्मरमा चोट लागेको छ। घाइते शेर्पाको हाल जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।
दुई दिनमै दुई जनामाथि भालुको आक्रमण भएपछि स्थानीय क्षेत्रमा सन्त्रास फैलिएको छ। प्रहरीले बस्ती तथा जंगल आसपासका क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी र सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरेको छ।
ताजा खबर
सबै- सोलुखुम्बुमा दुई दिनमा भालुको आक्रमणबाट दुई जना घाइते
- माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलको स्पोट्र्स विक सम्पन्न
- सगरमाथा सफा राख्न १०–१२ वर्षमा एक पटक आरोहण बन्द गर्नुपर्छः अध्यक्ष लामा काजी शेर्पा
- जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताः खुलातर्फ डिल्ली र पवन तथा आन्तरिकतर्फ सन्दिप र सरिताको जोडी प्रथम
- सोलुदुधकुण्ड–४, फाप्लु जिल्लाको तेस्रो बालमैत्री वडा घोषित

2026-10-11-08-11-22.jpeg)



2026-10-09-08-52-42.jpeg)

.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)