मंगलबार, २७ असोज, २०८३ (1791742500)
सोमबार असोज २६, २०८३

जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताः खुलातर्फ डिल्ली र पवन तथा आन्तरिकतर्फ सन्दिप र सरिताको जोडी प्रथम

   सोलुखुम्बु ः सोलुखुम्बुमा सम्पन्न जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता २०८३ को पुरुष डबल खुलातर्फ डिल्ली बहादुर बस्नेत र पवन थापाको जोडी तथा आन्तरिक डबलतर्फ सन्दिप शाक्य र सरिता राईको जोडी प्रथम भएका छन्। जम्मा ३९ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको पुरुष डबल खुलातर्फ लक्ष्मण बुढाथोकी र फुर्वा शेर्पाको जोडी द्वितीय भएको छ भने विकास श्रेष्ठ र डि.बी. खालिङको जोडी तथा फुर्वा ग्याल्जेन शेर्पा र तेज भुजेलको जोडी तृतीय भएका छन्। 
  त्यसैगरी आन्तरिक डबलतर्फ नविना श्रेष्ठ र रुजन खत्रीको जोडी द्वितीय बन्दा असन राई र नरेन्द्र कुलुङ्गको जोडी तथा प्राञ्जल राजभण्डारी र चुडामणि पहाडीको जोडी तृतीय हुन सफल भएका छन्।  
  प्रतियोगिताका दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने टिमहरूलाई क्रमशः नगद रु. ५,०००, रु. ३,००० र जनही रु. १,५०० का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ। बडा दसैं तथा शुभ दीपावलीको पावन अवसरमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजना एवं मुख्य प्रायोजनमा सञ्चालन भएको दुई दिने प्रतियोगिता आइतबार सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ  ।  सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोग, योङ्ग स्टार क्लबको व्यवस्थापन तथा कर्मचारी मिलन केन्द्रको सह–प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको थियो।