प्रमुख अतिथि छनोटमा विवाद भएपछि ह्वाइट हिल्स स्कुलद्वारा क्षमायाचना
सोलुखुम्बु — सोलुदूधकुण्ड नगरपालिका–५, सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले एक कार्यक्रममा प्रकाश भुजेललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको विषयमा उत्पन्न विवादप्रति क्षमायाचना व्यक्त गरेको छ । उक्त विषयलाई लिएर सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा आलोचना भएपछि विद्यालय प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्णयप्रति आत्मसमीक्षा गरेको हो।
विद्यालय प्रशासनद्वारा जारी विज्ञप्तिमा प्रमुख अतिथि छनोटका क्रममा भएको निर्णयका कारण उत्पन्न विवाद, आलोचना र असन्तुष्टिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार भुजेललाई मार्सल आट्र्स खेलाडीका रूपमा रहेको पहिचानका आधारमा कार्यक्रममा आमन्त्रण गरिएको थियो। तर, उहाँको विगतको पृष्ठभूमि तथा उहाँसँग सम्बन्धित सार्वजनिक संवेदनशीलताका विषयमा पर्याप्त जानकारी संकलन र उचित मूल्याङ्कन गर्न नसक्दा निर्णय प्रक्रियामा कमजोरी भएको विद्यालयले स्वीकार गरेको छ।
उक्त निर्णयले विद्यालयप्रति नकारात्मक सन्देश प्रवाह भएको तथा अभिभावक, विद्यार्थी, शुभचिन्तक र आम नागरिकमा असहजता उत्पन्न भएकोप्रति विद्यालय प्रशासनले दुःख व्यक्त गर्दै हार्दिक क्षमायाचना गरेको छ। विद्यालय शिक्षाको मन्दिर भएकाले विद्यार्थीमा अनुशासन, नैतिकता, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको विकास गराउनु आफ्नो प्रमुख दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। विद्यालयबाट आयोजना हुने प्रत्येक कार्यक्रमले शैक्षिक मूल्य, सामाजिक मर्यादा र सार्वजनिक विश्वासलाई सम्मान गर्नुपर्नेमा पनि प्रशासनले जोड दिएको छ।
घटनाबाट प्राप्त आलोचना, सुझाव र प्रतिक्रियालाई सुधारको अवसरका रूपमा लिँदै आगामी दिनमा प्रमुख अतिथि छनोट तथा अन्य कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्रमको उद्देश्य र सार्वजनिक संवेदनशीलतालाई ध्यानमा राखेर निर्णय गरिने विद्यालयले प्रतिबद्धता जनाएको छ। विद्यालयका प्रिन्सिपलद्वारा हस्तान्तरित विज्ञप्तिमा यस घटनाबाट कुनै व्यक्ति, संस्था वा समुदायको भावनामा चोट पुगेको भए पुनः क्षमायाचना गर्दै विद्यार्थीको सर्वाङ्गीण विकास र शैक्षिक उन्नयनमा निरन्तर समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
ताजा खबर
सबै- प्रमुख अतिथि छनोटमा विवाद भएपछि ह्वाइट हिल्स स्कुलद्वारा क्षमायाचना
- चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अपिल
- १० औँ राष्ट्रिय खेलकुदका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट प्रतियोगिता हुने
- दसैँ सुरु भएसँगै सदरमुकाम सल्लेरीमा बढ्यो चहलपहल
- उपभोग्य वस्तु खरिदमा सजग रहन सोलुखुम्बुवासीलाई अपिल
2026-10-14-07-49-47.jpeg)



2026-10-09-08-52-42.jpeg)
2026-10-12-03-58-15.jpeg)

