भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
सोलुखुम्बुः गत भदौ ९ गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण सोलुखुम्बुका ५३ जना नागरिक अझैसम्म बेपत्ता रहेका छन्। बाढीबाट सोलुखुम्बुका कुल ७१ जना नागरिक प्रभावित भएको आधिकारिक विवरण छ। जसमध्ये १६ जनाको जीवितै उद्धार गरिएको छ भने २ जना सकुशल सम्पर्कमा आएका छन्। बेपत्ता भएका ५३ जनाको भने अझै खोजी भइरहेको छ र उनीहरू सम्पर्कविहीन रहेका छन्।
बाढीका कारण हालसम्म सम्पर्कमा नआएका ५३ जना नागरिकहरूमध्ये रसुवाको अस्मना हाइड्रोपावरमा विगत ३ वर्षदेखि काम गर्दै आएका लिखुपिके गाउँपालिका वडा नम्बर ५ का दिलबहादुर भुजेल (अर्जुन) बाढीपछि बेपत्ता भएका छन्। लिखुपिके १ ठेगाना भई हाल काठमाडौँ बस्दै आएका पेम्बा शेर्पा र लिखुपिके १ कै साङ्गे शेर्पा ट्रेकिङका क्रममा तिब्बततर्फ जाने बाटोमा रहेको रसुवाको बाढीमा परी सम्पर्कविहीन भएका छन्।
सोताङ गाउँपालिका वडा नम्बर ४ चित्रे घर भई हाल काठमाडौँ बस्ने सोना शेर्पा चिलिमे–त्रिशूली कन्स्ट्रक्सन रोडमा काम गर्न गएको बेला टिमुरेबाट बेपत्ता भएका हुन्। सोताङ गाउँपालिका वडा नम्बर ४ का प्रेमकुमार नाछिरिङ मुन्धुम ट्राभल्समार्फत, सोताङ गाउँपालिका वडा नम्बर २ चेपेल घर भई हाल काठमाडौँ बस्दै आएका ग्याल्जेन शेर्पा र सोताङ २ जुके घर भई हाल काठमाडौँ बस्दै आएका दागुम्बु शेर्पा कैलास जोनी कम्पनीमार्फत काठमाडौँबाट तिब्बततर्फ ट्रेकिङमा गएको अवस्थामा टिमुरेबाट सम्पर्कविहीन भएका हुन्। सोताङ गाउँपालिका वडा नम्बर ४ नाम्लुङका अम्बिर नाछिरिङ र अमित भन्ने कर्ण नाछिरिङ पनि मुन्धुम ट्राभल्स कम्पनीमार्फत तिब्बत ट्रेकिङमा जाने क्रममा टिमुरे पुगेपछि मोवाइल अफ भई बेपत्ता भएका छन्।
थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ का बाबुराम खत्री र सोही गाउँपालिका वडा नम्बर ९ का पान्देउ राई तिब्बतबाट नेपाल फर्किने क्रममा रसुवाको टिमुरे आइपुगेको खबर गरेपश्चात् सम्पर्कविहीन बनेका हुन्।
थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेल घर भई नेपाली सेनाको श्री शेर गण नुवाकोट ब्यारेकबाट मैलुङ हाइड्रोपावर सुरक्षा पोस्टमा कार्यरत प्युठ विनोद बस्नेत तथा थुलुङ दुधकोशी वडा नम्बर ८ का डम्बर राई पनि तिब्बतबाट फर्किने क्रममा बेपत्ता भएका छन्। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ पेल्खाका तेन्जिङ शेर्पा, सोलुदुधकुण्ड १ का भुपाल बुर्जा मगर, सोलुदुधकुण्ड ८ च्याङसारका धनबहादुर तामाङ रिचार्ड टुरिजम ट्राभल्समार्फत र सोलुदुधकुण्ड ९ गोराका आङ डिमा दावा शेर्पा ट्रेकिङका लागि तिब्बत गएको अवस्थामा टिमुरेबाट बेपत्ता भएका छन्।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ का सुरेश मगर र अनिस मगर मुन्धुम ट्राभल्समार्फत ट्रेकिङमा गएर टिमुरे पुगेको जानकारी गराएलगत्तै सम्पर्कविहीन भएका हुन्। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ चिम्दीका विकास श्रेष्ठ, सोलुदुधकुण्ड १० ढिकुरेका पासाङ काजी तामाङ, सोलुदुधकुण्ड १० टाप्टिङका दोर्जी तामाङ, सोलुदुधकुण्ड १० का सुरेश श्रेष्ठ, सोलुदुधकुण्ड १० टाप्टिङका काजी शेर्पा, सोलुदुधकुण्ड १० का रोजित तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सागर तामाङ र रिन्जी तामाङ सबै जना तिब्बततर्फको ट्रेकिङका लागि गएका थिए।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ तुम्बुकका छोटी शेर्पा आफन्तको घर टिमुरेमा गएको बेला बाढीमा परेकी हुन् भने सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का गेलु शेर्पा र फुर्बा शेर्पा तिब्बततर्फ ट्रेकिङमा जाने क्रममा रसुवाको बाढीमा परी बेपत्ता भएका छन्।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का मिङमार शेर्पा अरनिको गाडीका सह–चालकका रूपमा केरुङ बसपार्क गएको बेला बेपत्ता भएका हुन्। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ शेर्पामुडेका छोङ्वा शेर्पा विगत १२÷१३ वर्षदेखि रसुवामा पसल व्यवसाय गर्दै आएका थिए भने सोलुदुधकुण्ड ११ मगरमुडेका पोक्ची माया तामाङ र देवबहादुर मगर दम्पती विगत २० वर्षदेखि रसुवामा होटेल व्यवसाय सञ्चालन गर्दै आएका थिए। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ ज्याङदिनका साङ ब. तामाङ तिब्बततर्फ ट्रेकिङमा गएर चाइना बोर्डर क्षेत्रबाट सम्पर्कविहीन भएका थिए ।
माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ का तुलबहादुर थापा मगर, हर्कबहादुर थापा मगर र प्रकाश मगर चीनको तिब्बतबाट ट्रेकिङ गरी नेपाल फर्किने क्रममा रसुवा क्षेत्रबाट बेपत्ता भएका छन्। माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ का नवीन घिमिरे (वि.क.) रसुवाको मैलुङ हाइड्रोमा काम गर्दै आएका थिए।
माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ का गोकुल बुढाथोकी मगर, प्रेम बुढाथोकी मगर, कुमार बुढाथोकी मगर र वडा नम्बर ७ का बालकुमार मिरिङचिङ मगर तिब्बततर्फ ट्रेकिङमा पोर्टर (भर्यार) को काम गर्न गएका थिए। माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ का नुरु जाङ्बु भन्ने नुर्वु शेर्पा टिमुरेस्थित कैलास होटेलमा बास बसेको बेला बेपत्ता भएका हुन्। माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ का ओमनाथ राई अपर त्रिशूली जलविद्युत् आयोजनामा भान्सा (किचन) को काम गर्दै आएका थिए भने माप्य दुधकोशी ५ का रामकाजी तामाङ ट्रेकिङको गाइडका रूपमा तिब्बततर्फ गएका थिए।
नेचासल्यान गाउँपालिका वडा नम्बर १ का लालिन्छा शेर्पा रसुवास्थित ट्रेकिङ अफिसमा कर्मचारीका रूपमा कार्यरत थिए भने नेचासल्यान १ कै आङ फुर्बा शेर्पा पनि ट्रेकिङकै सिलसिलामा रसुवा पुगेका थिए। महाकुलुङ गाउँपालिका वडा नम्बर ३ खाम्सिदोका सुशान्त कुलुङ हिमालयन ट्रेक कम्पनीमार्फत, महाकुलुङ गाउँपालिकाका सुबोधन राई मुन्धुम ट्राभल्स कम्पनीमार्फत र महाकुलुङ गाउँपालिकाकै निरकुमार राई होलिडे टुर एन्ड ट्राभल कम्पनीमार्फत काठमाडौँबाट तिब्बततर्फ ट्रेकिङमा जाने क्रममा टिमुरे पुगेपछि सम्पर्कविहीन भएका विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी बाढीपछि सकुशल सम्पर्कमा आउन सफल भएका २ जनामा लिखुपिके गाउँपालिका वडा नम्बर १ का दोर्जी शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ मुसेका पासाङदावा शेर्पा रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट सकुशल उद्धार गरिएका १६ जना सोलुखुम्बुका नागरिकहरूमा टासी तामाङ, लाफ छिरिङ तामाङ, निमा तामाङ, पर्शुराम राई,सृजना तामाङ, हिरामाया मगर, पासाङ दावा शेर्पा, सुनमाया तामाङ, छिरिङ तामाङ, अजय राई, मनीज वि.क., विशाल वि.क., प्रविन बि.क., लालबहादुर कार्की, पासाङ शेर्पा र होममान सिंह बस्नेत रहेका छन्।
ताजा खबर
सबै- सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदशन
- स्थापना दिवसमा हुलाक कार्यालय सोलुखुम्बुले गर्यो हजारी जवाफ प्रतियोगिता
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोलुदूधकुण्डका राष्ट्रसेवकले जम्मा गरे ३३ लाख रुपियाँ राहात
- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

2026-10-04-01-57-40.jpeg)


2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

