दसैँ सुरु भएसँगै सदरमुकाम सल्लेरीमा बढ्यो चहलपहल
सोलुखुम्बुः बडादसैँ सुरु भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री, नयाँ लत्ताकपडा, जुत्ता–चप्पल तथा पूजाका सामग्री किनमेल गर्न आउने सर्वसाधारणको बजारमा बाक्लो उपस्थिति देखिन थालेको हो ।
दसैँको अवसरमा सल्लेरी बजारमा किनमेल गर्नेहरूको भिड लाग्ने गर्दछ। सोलुखुम्बुका सल्लेरी, फाप्लु, नेले, तामाखानी, बेनी लगायत आसपासका विभिन्न स्थानहरूबाट स्थानीयवासीहरू सामान खरिदका लागि यहाँ आउने गरेका छन्।
बजारका पसलहरूमा ग्राहकको चाप बढेसँगै व्यापारीहरू पनि व्यस्त भएका छन्। चाडपर्वको रौनकसँगै सल्लेरी बजारमा किनमेल गर्ने र घुमफिर गर्ने मानिसहरूको चहलपहल बाक्लिएको छ। यसैगरी, दसैँ मनाउनका लागि काठमाडौँ उपत्यका लगायत विभिन्न सहरहरूबाट घर फर्किने यात्रुहरूको आगमन बढेसँगै सल्लेरी बजार र बसपार्क क्षेत्रमा चहलपहल अझ बढेको छ।
ताजा खबर
सबै- प्रमुख अतिथि छनोटमा विवाद भएपछि ह्वाइट हिल्स स्कुलद्वारा क्षमायाचना
- चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अपिल
- १० औँ राष्ट्रिय खेलकुदका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट प्रतियोगिता हुने
- दसैँ सुरु भएसँगै सदरमुकाम सल्लेरीमा बढ्यो चहलपहल
- उपभोग्य वस्तु खरिदमा सजग रहन सोलुखुम्बुवासीलाई अपिल

2026-10-14-07-49-47.jpeg)


2026-10-09-08-52-42.jpeg)
2026-10-12-03-58-15.jpeg)

