सोलुखुम्बुमा एमालेको पार्टी जागरण अभियान, कुन पालिकामा कहिले?
सोलुखुम्बुः कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सोलुखुम्बुले संगठन सुदृढीकरण तथा पार्टी जागरण अभियानलाई व्यवस्थित बनाउन अन्तरकमिटी निर्देशन जारी गरेको छ।
पार्टीका केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न जिल्ला कमिटीको १२औँ बैठकले उक्त निर्देशन जारी गर्दै विभिन्न संगठनात्मक निर्णयहरू गरेको हो।
अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहहरूमा पालिकास्तरीय कार्यशाला सञ्चालन गरिनेछ । जसअनुसार नेचासल्यान गाउँपालिकामा असोज २७ गते, थुलुङ दुधकोशीमा असोज २८ गते, माप्यदुधकोशीमा कात्तिक ११ गते, सोताङमा कात्तिक १२ गते, महाकुलुङमा कात्तिक १३ गते, सोलुदूधकुण्ड नगरपालिकामा कात्तिक १५ गते र लिखुपिके गाउँपालिकामा कात्तिक १७ गते कार्यक्रम हुनेछ ।
खुम्बुपासाङल्हामु गाउँपालिकाको मिति भने पछि तय गरिने र वडा तहका सबै कार्यशालाहरू आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको पार्टी सचिव कल्पना राईले जानकारी दिइन्।वडा तहका कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला कमिटीका पदाधिकारीहरूलाई पालिकागत समन्वयको जिम्मेवारी दिइएको छ।
जसअनुसार खुम्बुपासाङल्हामुमा मिङ्माछिरी शेर्पा, नेचासल्यान र थुलुङ दुधकोशीमा डुफकुमार बास्तोला, सोलुदुधकुण्ड र महाकुलुङमा कल्पना राई, माप्यदुधकोशी र लिखुपिकेमा आङकुमार राई तथा सोताङ गाउँपालिकामा मोहनकुमारी कार्कीलाई जिम्मेवारी तोकिएको छ। साथै, निष्क्रिय अवस्थामा रहेका खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिकामा कात्तिक मसान्तभित्र नयाँ संगठन निर्माण गर्ने र अन्य रिक्त पदहरू पूर्ति गर्ने निर्णयसमेत भएको छ।
ताजा खबर
सबै- सोलुखुम्बुमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
- सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
- सोलुखुम्बुमा एमालेको पार्टी जागरण अभियान, कुन पालिकामा कहिले?
- सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदशन
- स्थापना दिवसमा हुलाक कार्यालय सोलुखुम्बुले गर्यो हजारी जवाफ प्रतियोगिता




2026-10-04-10-29-10.jpeg)

2026-10-09-08-52-42.jpeg)