उपभोग्य वस्तु खरिदमा सजग रहन सोलुखुम्बुवासीलाई अपिल
सोलुखुम्बुः घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले दैनिक उपभोग्य वस्तु खरिद गर्दा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बजारमा हुन सक्ने ठगीबाट बच्न, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न र उपभोक्ताको अधिकार सुनिश्चित गर्न कार्यालयले सचेत रहन अपिल गरेको हो।
कार्यालय प्रमुख प्रेमचन्द्र राईद्वारा जारी सूचनामा सामान खरिद गर्दा अनिवार्य रूपमा प्यान वा भ्याट बिल लिन आग्रह गरिएको छ। त्यसैगरी, प्याकेज गरिएका वस्तु खरिद गर्नुअघि उत्पादन मिति, उपभोग गर्न मिल्ने अन्तिम मिति तथा वस्तुको गुणस्तर जाँच गर्न पनि कार्यालयले उपभोक्तालाई अनुरोध गरेको छ।
खाद्यवस्तुको गुणस्तरमा ध्यान दिनुका साथै नापतौलमा प्रयोग हुने ढक–तराजु सही भए–नभएको यकिन गर्नुपर्ने सूचनामा उल्लेख छ। बजारमा अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव सिर्जना गर्ने कार्य वा कालोबजारी भएको पाइएमा त्यसविरुद्ध आवाज उठाउनसमेत कार्यालयले आग्रह गरेको छ।
कुनै व्यापारीले ठगी गरेको, म्याद नाघेका वा खान अयोग्य वस्तु बिक्री गरेको पाइएमा नजिकैको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय तहमा तत्काल उजुरी दिन सकिने कार्यालयले जनाएको छ। “सचेत उपभोक्ता नै सुरक्षित र स्वच्छ बजारको आधार हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रत्येक उपभोक्ता स्वयं जागरुक हुनुपर्नेमा कार्यालयले जोड दिएको छ।
ताजा खबर
सबै- प्रमुख अतिथि छनोटमा विवाद भएपछि ह्वाइट हिल्स स्कुलद्वारा क्षमायाचना
- चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अपिल
- १० औँ राष्ट्रिय खेलकुदका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट प्रतियोगिता हुने
- दसैँ सुरु भएसँगै सदरमुकाम सल्लेरीमा बढ्यो चहलपहल
- उपभोग्य वस्तु खरिदमा सजग रहन सोलुखुम्बुवासीलाई अपिल

2026-10-14-07-49-47.jpeg)


2026-10-09-08-52-42.jpeg)
2026-10-12-03-58-15.jpeg)

