सोलुदुधकुण्डमा नदीजन्य पदार्थको उत्खननमा पूर्ण रोक, नियम उल्लङ्घन गरे दुई लाखसम्म जरिवाना
सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्रका नदी तथा खोलाहरूबाट अनाधिकृत रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेमा प्रयोग भएका सवारी साधन तथा उपकरण अनुसार प्रति मेसिन २५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ । नगरपालिकाले जारी गरेको सूचना अनुसार स्काभेटर प्रयोग गरेमा दुई लाख, ब्याक होलोडर, ट्रिपर वा ट्रकमा एक लाख, मिनी ट्रक वा मिनी ट्रिपरमा ५० हजार र ट्र्याक्टर प्रयोग गरेमा २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
सोलुखोला लगायतका नदी तथा खोलाहरूबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र व्यवस्थापनका लागि प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न गरी ठेक्का बन्दोबस्तको काम अगाडि बढाइएकाले ठेक्का सम्झौता नभएसम्मका लागि उत्खननमा पूर्ण प्रतिबन्ध लगाइएको हो। यस अवधिमा कुनै पनि व्यक्ति, फर्म, संस्था वा व्यवसायीले गैरकानुनी रूपमा उत्खनन तथा सङ्कलन गरेमा उत्खननमा प्रयोग भएका साधन नियन्त्रणमा लिई सामग्री जफत गरिनुका साथै तोकिएको शुल्कको दोब्बर रकम थप जरिवानासहित असुल गरिनेछ।
अवैध दोहन नियन्त्रणका लागि स्थानीयवासी, टोल विकास संस्था, वडा कार्यालय र सुरक्षा निकायलाई निरन्तर निगरानी राख्न आग्रह गरिएको छ। कहिँ कतै अनाधिकृत रूपमा नदीजन्य पदार्थको उत्खनन वा सङ्कलन भएको पाइएमा तुरुन्त सम्बन्धित वडा कार्यालय वा सोलुदुधकुण्ड नगरपालिकाको नगर प्रहरी शाखामा कार्यरत नगर प्रहरी हवलदार विरधन तामाङलाई जानकारी गराउन नगरपालिकाले अनुरोध गरेको छ।
ताजा खबर
सबै- देउवा पक्षद्वारा सोलुखुम्बु संयोजक तोकिएका शुभराम बस्नेत १५औँ महाधिवेशनमा
- पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि हवाई उडान बढ्दै
- सोलुदुधकुण्डमा नदीजन्य पदार्थको उत्खननमा पूर्ण रोक, नियम उल्लङ्घन गरे दुई लाखसम्म जरिवाना
- प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
- जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट दुई महिनामा ६ सय भन्दा बढीले लिए नागरिकता





2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)

2026-09-29-01-05-50.jpeg)