जुभिङ स्वास्थ्य चौकीलाई १ करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडा अध्यक्ष, समाजसेवी तथा पर्यटन व्यवसायी ङिमा दोर्जी शेर्पाले माप्य दुधकोशी गाउँपालिका–१ स्थित जुभिङ स्वास्थ्य चौकीलाई करिब एक करोड ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ।
शेर्पाले भदौको पहिलो हप्तामा स्वास्थ्य चौकीलाई पाँच थान इलेक्ट्रिक बेड तथा डेन्टल सेवाका आवश्यक सामग्री लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो।स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई थप सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको समाजसेवी शेर्पाले बताउनुभयो ।
ठूलो परिमाणमा इलेक्ट्रिक बेड तथा दन्त उपचारसम्बन्धी सामग्री प्राप्त भएपछि स्वास्थ्य चौकीको सेवा प्रवाहमा थप सहजता आउने अपेक्षा गरिएको छ। समाजसेवी तथा पर्यटन व्यवसायी शेर्पाले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको बताइएको छ।
ताजा खबर
सबै- देउवा पक्षद्वारा सोलुखुम्बु संयोजक तोकिएका शुभराम बस्नेत १५औँ महाधिवेशनमा
- पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि हवाई उडान बढ्दै
- सोलुदुधकुण्डमा नदीजन्य पदार्थको उत्खननमा पूर्ण रोक, नियम उल्लङ्घन गरे दुई लाखसम्म जरिवाना
- प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
- जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट दुई महिनामा ६ सय भन्दा बढीले लिए नागरिकता





2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)

2026-09-29-01-05-50.jpeg)