जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट दुई महिनामा ६ सय भन्दा बढीले लिए नागरिकता
सोलुखुम्बु ः जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट चालु आर्थिक वर्षको साउन र भदौ महिनामा कुल ६२२ जनाले नागरिकता लिएका छन्। प्रशासन कार्यालयको तथ्यांक अनुसार साउन महिनाको तुलनामा भदौ महिनामा नागरिकता लिनेको संख्यामा केही वृद्धि भएको छ ।
साउन महिनामा जिल्ला प्रशासन कार्यालयबाट कुल २६७ जनाले नागरिकता तथा प्रतिलिपि लिएका छन्। जसमा १३७ जना पुरुष र १३० जना महिला रहेका छन्। साउनमा पुरुषतर्फ ७५ जनाले नयाँ नागरिकता बनाएका छन् भने ५९ जनाले प्रतिलिपि लिएका छन्। महिलातर्फ ८६ जनाले नयाँ नागरिकता बनाएका छन् भने ४४ जनाले प्रतिलिपि लिएका छन्। यस्तै एक जनाले गैरआवासीय (एनआरएन) नागरिकता लिएका छन् भने एक जनाले नागरिकता परित्याग गरेका छन्।
यस्तै भदौ महिनामा नागरिकता लिनेको कुल संख्या ३५५ पुगेको छ। जसमध्ये १८७ जना पुरुष र १६८ जना महिला रहेका छन्। भदौमा पुरुषतर्फ ८६ जनाले नयाँ नागरिकता बनाएका छन् भने ४९ जनाले प्रतिलिपि, एक जनाले गैरआवासीय नागरिकता र एक जनाले नागरिकता परित्याग गरेका छन्। महिलातर्फ भने ८७ जनाले नयाँ नागरिकता, ८० जनाले प्रतिलिपि र एक जनाले अंगीकृत नागरिकता लिएका छन् ।
ताजा खबर
सबै- देउवा पक्षद्वारा सोलुखुम्बु संयोजक तोकिएका शुभराम बस्नेत १५औँ महाधिवेशनमा
- पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि हवाई उडान बढ्दै
- सोलुदुधकुण्डमा नदीजन्य पदार्थको उत्खननमा पूर्ण रोक, नियम उल्लङ्घन गरे दुई लाखसम्म जरिवाना
- प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
- जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट दुई महिनामा ६ सय भन्दा बढीले लिए नागरिकता





2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)

2026-09-29-01-05-50.jpeg)