मंगलबार, २० असोज, २०८३ (1790619300)
मंगलबार असोज १३, २०८३

सोलुखुम्बु काँग्रेस महाधिवेशन प्रतिनिधिः प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक

    सोलुखुम्बुः  नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशन  अन्तर्गत सोलुखुम्बु जिल्ला निर्वाचन समितिले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। प्रकाशित नामावली अनुसार प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका विभिन्न पदहरूमा दर्जौँ नेता–कार्यकर्ताहरूले उम्मेदवारी दर्ता गराएका छन्।  
  प्रत्यक्षतर्फ ४ जना कोटा रहेको केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला पदका लागि ८ जनाको उम्मेदवारी परेको छ। यस पदमा उम्मेदवारी दिनेहरूमा अरुणा कुलुङ, एका कुमारी बस्नेत कार्की, गान्धी माया तामाङ, गिता गुरुङ, डोल्मा तामाङ, निर्मला कार्की थापा मगर, मिठुला खड्का क्षेत्री र सरला राई (नाछिरिङ) हुनुहुन्छ।  
    १० जना कोटा रहेको केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला पदमा सबैभन्दा धेरै २७ जनाले मनोनयन दर्ता गराएका छन्। जसमा आङ गेलु शेर्पा, उत्तम प्रसाद राई, कुश राज राई, केशव वावु के.सी क्षेत्री, कृष्ण प्रसाद निरौला, खिला राज बस्नेत, गणेश बहादुर बस्नेत, चन्द्र प्रसाद आचार्य, चन्द्र बहादुर राई, चोलेन्द्र बहादुर कार्की, नवाक सिंह राई, नवीन थापा, नाम्ङ्गेल जाङ्बु शेर्पा, पोष कुमार वास्तोला (पुष्कर), प्रकाश सिंह कार्की, विनोद कुमार बस्नेत, कृष्ण बहादुर गुरुङ, भिमसेन बस्नेत, भोजराज कार्की, मिङमार शेर्पा, युवराज घिमिरे, राम बहादुर बस्नेत, शम्भु हरी वास्तोला, शुभराम बस्नेत, शंकर वावु कार्की, सुरज बस्नेत र सोनाम ग्याल्जेन शेर्पा मैदानमा हुनुहुन्छ।  
   १ जनाको कोटा रहेको केन्द्रीय महाधिवेशन प्रतिनिधि श्रमिक पदमा अश्विन बाबु थापा, फुर्वा शेर्पा र बाबुराम आचार्य गरी ३ जनाको उम्मेदवारी परेको छ। १ जनाको कोटा रहेको पेशागत विज्ञ पदका लागि भने राजन बस्नेतको मात्र उम्मेदवारी परेको छ।  
   यसैगरी ३५ वर्ष मुनिको १ जना कोटा रहेको युवा महिला पदमा नम्रता कुलुङ राई (सरिता) र पुजा फूयाल गरी २ जना आकांक्षी हुनुहुन्छ। २ जना कोटा रहेको युवा पुरुष (३५ वर्ष मुनि) पदका लागि जीवन बस्नेत, तारा बहादुर क्षेत्री (मिलन), निशान बस्नेत, बाल कुमार कार्की र सूर्य बहादुर बस्नेत गरी ५ जनाले उम्मेदवारी दिनुभएको छ।  
   अर्कोतर्फ समानुपातिक विधातर्फ १ जना कोटा रहेको दलित पदका लागि कमल बहादुर विश्वकर्मा र तेजराम परियार गरी २ जनाको उम्मेदवारी परेको छ।  
   ७ जना कोटा रहेको आदिवासी जनजाती पदमा १४ जनाले मनोनयन दर्ता गराएका छन्। उहाँहरूमा छुल्दी ल्हामु शेर्पा, जीवन गुरुङ, दावा गेलु पाख्रिन (राजु), पासाङ शेर्पा (खुम्बू), पासाङ शेर्पा (जगदम्बा), फुर्तिमान तामाङ, बिमला गुरुङ, बुद्धी बहादुर मगर (भान्जा), भलाकाजी राई कुलुङ, महेन्द्र दिप राई, राधिका श्रेष्ठ, बिना राई, सानुमाया राजभण्डारी र हरिदेवी भुजेल हुनुहुन्छ।  
   त्यस्तै २ जनाको सिट रहेको खस आर्य पदका लागि कैलाश के.सी, गोकर्ण बस्नेत, टंकीमाया बस्नेत र डुका देवी शर्मा कटेल गरी ४ जनाको उम्मेदवारी परेको छ भने १ जना कोटा रहेको मुस्लिम÷मधेशी÷थारू पदमा अशोक कुमार झाले उम्मेदवारी दर्ता गराउनुभएको छ।