सोमबार असोज १९, २०८३
प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
सोलुखुम्बुः नेपाली कांग्रेसको जारी १५औँ राष्ट्रिय महाधिवेशनमा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हुनुभएको छ। संसद् र संसदीय समितिका बैठकहरूमा सोलुखुम्बुका साथै राष्ट्रिय जनसरोकारका विषय उठाउँदै आउनुभएका कार्कीले पार्टीको केन्द्रीय नीति निर्माणमा भूमिका निर्वाह गर्न उम्मेदवारी दिने निर्णय गर्नुभएको प्रकाश सिंह कार्कीको सचिवालयले जनाएको छ ।
हालै सम्पन्न सोलुखुम्बु जिल्ला अधिवेशनबाट ६४८ मत प्राप्त गरी खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएका कार्कीले केन्द्रीय सदस्यका लागि महाधिवेशन प्रतिनिधिहरूसँग मत र सहयोगको अपिल गर्नुभएको छ। महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा भइरहेका बेला कार्कीले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ताको तयारी गर्नुभएको हो।
ताजा खबर
सबै- देउवा पक्षद्वारा सोलुखुम्बु संयोजक तोकिएका शुभराम बस्नेत १५औँ महाधिवेशनमा
- पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि हवाई उडान बढ्दै
- सोलुदुधकुण्डमा नदीजन्य पदार्थको उत्खननमा पूर्ण रोक, नियम उल्लङ्घन गरे दुई लाखसम्म जरिवाना
- प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
- जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट दुई महिनामा ६ सय भन्दा बढीले लिए नागरिकता





2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)

2026-09-29-01-05-50.jpeg)