ङिमा दोर्जी शेर्पाद्वारा जुभिङ माविलाई ४ लाख ५५ हजार बराबरको शैक्षिक सामग्री सहयोग
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी ङिमा दोर्जी शेर्पाले जुभिङ माध्यमिक विद्यालयलाई चार लाख ५५ हजार रुपैयाँ बराबरको शैक्षिक तथा विद्यार्थी पोसाक सामग्री सहयोग गर्नुभएको छ।
समाजसेवी शेर्पाले माप्य दुधकोशी गाउँपालिका –१ स्थित जुभिङ माध्यमिक विद्यालयमा अध्ययनरत १४५ जना विद्यार्थी तथा १५ जना शिक्षकका लागि विद्यालय पोसाक उपलब्ध गराउनुभएको हो। पोसाकअन्तर्गत विद्यार्थी तथा शिक्षकका लागि ट्र्याकसुट, टाई, जुत्ता, मोजा, स्वेटर, बेल्टलगायतका सामग्री उपलब्ध गराइएको जनाइएको छ।
त्यसैगरी शेर्पाले विद्यालयलाई एक थान स्मार्ट बोर्ड समेत उपलब्ध गराउनुभएको छ। प्रविधिमैत्री शिक्षण सिकाइलाई सहयोग पु¥याउने उद्देश्यले स्मार्ट बोर्ड उपलब्ध गराइएको हो।समाजसेवी शेर्पाले यसअघि पनि विपद्का समयमा विद्यालय तथा स्थानीय समुदायलाई महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ। भूकम्पको समयमा जुभिङ माध्यमिक विद्यालयमा दुई कोठे भवन निर्माणका लागि करिब १० लाख रुपैयाँ बराबरको सहयोग गर्नुभएको थियो।
त्यस्तै, भूकम्पकै समयमा खरीखोला र जुबिङ क्षेत्रका करिब तीन सय घरधुरीका लागि घरको छाना निर्माण गर्न जस्ता पाता उपलब्ध गराउनुभएको जनाइएको छ। विपद्को समयमा घरबार प्रभावित स्थानीयलाई छाना उपलब्ध गराएर शेर्पाले महत्वपूर्ण मानवीय सहयोग गर्नुभएको थियो।पर्यटन व्यवसायी शेर्पा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ। उहाँ पेमा नाम्दिङ गुम्बा, खरीखोलाका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ।
शिक्षा, विपद् व्यवस्थापन तथा समुदायको आवश्यकतामा सहयोग गर्दै आउनुभएका शेर्पाको पछिल्लो सहयोगले विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ताजा खबर
सबै- सोलुखुम्बुमा डिजिटल तथा अनलाइन ठगीका घटनामा वृद्धि, प्रहरीद्वारा सतर्कता अपनाउन अपिल
- सोलुदुधकुण्ड नगरपालिकाद्वारा नदीजन्य पदार्थ बिक्रीका लागि बोलपत्र आह्वान
- ङिमा दोर्जी शेर्पाद्वारा जुभिङ माविलाई ४ लाख ५५ हजार बराबरको शैक्षिक सामग्री सहयोग
- मुक्लीमा भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै
- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
2026-10-04-11-25-40.jpeg)





2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)
