सोलुखुम्बुमा म्याद गुज्रेका १ लाख भन्दा बढीका अखाद्य वस्तु नष्ट
सोलुखुम्बु ः जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमनका क्रममा नियन्त्रणमा लिएका १ लाख १२ हजार १२५ रुपैयाँ बराबरका म्याद गुज्रेका तथा अखाद्य वस्तु आज नष्ट गरेको छ।
गत असार १८ गते र भदौ ३१ गते सोलुदुधकुण्ड नगरपालिका–६, ७ र ८ का विभिन्न किराना पसलमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्रीहरू बरामद गरिएको थियो। अनुगमनका क्रममा नियन्त्रणमा लिइएका सामग्रीमा चाउचाउ, चिउरा, दालमोठ, सस तथा विभिन्न प्रकारका पेय पदार्थ रहेका जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त पहलमा सरोकारवाला निकाय, सुरक्षाकर्मी तथा स्थानीय प्रतिनिधिहरूको रोहबरमा ती सामग्री नष्ट गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार म्याद गुज्रेका तथा अखाद्य वस्तुको बिक्री–वितरणबाट उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै अनुगमन गरी सामग्री नष्ट गरिएको हो। उहाँले बजारलाई स्वच्छ, मर्यादित र पारदर्शी बनाउन आगामी दिनमा बजार अनुगमनलाई थप प्रभावकारी र निरन्तर बनाइने बताउनुभयो। प्रशासनले म्याद नाघेका वा अखाद्य वस्तु बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
ताजा खबर
सबै- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
- फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता
- सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
- सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
- चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत






2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)
