एमाले सोलुखुम्बुले विस्तारित बैठक तथा जागरण अभियान गर्ने
सोलुखुम्बुः नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीले विस्तारित बैठक तथा पार्टी जागरण अभियान शुभारम्भ गर्ने भएको छ। समसामयिक विषयमा प्रशिक्षणसहित आयोजना हुने कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
असोज २० सल्लेरीको आवाडाँडा स्थित पार्टी कार्यालय मदन भण्डारी स्मृति हलमा हुने कार्यक्रममा पार्टी केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई तथा कोशी प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिव अतिथिका रूपमा सहभागी हुने नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो ।
जिल्ला कमिटीले जारी गरेको सूचनाअनुसार बैठक तथा प्रशिक्षणमा केन्द्रीय सदस्य, कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा सदस्य, पार्टी जागरण अभियानका उत्प्रेरक, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला सल्लाहकार परिषद्, लेखापरीक्षण समिति, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारी सहभागी हुनेछन्।
त्यस्तै, जनसंगठनका केन्द्र तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, जनसंगठनका जिल्ला कमिटी÷समितिका अध्यक्ष–सचिव तथा पदाधिकारी, ज्येष्ठ कम्युनिस्ट मञ्च प्रदेश कमिटीका सदस्य, वडा कमिटीका अध्यक्ष र निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरूलाई समेत कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
ताजा खबर
सबै- देउवा पक्षद्वारा सोलुखुम्बु संयोजक तोकिएका शुभराम बस्नेत १५औँ महाधिवेशनमा
- पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि हवाई उडान बढ्दै
- सोलुदुधकुण्डमा नदीजन्य पदार्थको उत्खननमा पूर्ण रोक, नियम उल्लङ्घन गरे दुई लाखसम्म जरिवाना
- प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
- जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट दुई महिनामा ६ सय भन्दा बढीले लिए नागरिकता
2026-10-05-05-32-22.png)



2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)
2026-09-29-01-05-50.jpeg)